पुम्दी भुम्दीको सुक्रराज उच्च माविमा यही माघ २२ गते स्वास्थ्य शिविर हुने

पोखरा-

पोखरा २५, (पुम्दी भुम्दी)को सुक्रराज उच्च माविको परिसरमा यही माघ २२ गते शनिबार बृहत स्वास्थ्य शिविर हुने भएको छ ।

बास्पानी कृषि सहकारी संस्था लिमिटेड र हाम्रो परिवर्तन नेपालको सहकार्यमा एक दिने स्वास्थ्य शिविर हुने भएको कार्यक्रम संयोजक कमल बरालले बताए ।

शिविरमा मुटु, छाला, बाल रोग, स्त्रि तथा प्रशुती , नाँक कान घाँटी , हाड, जोर्नि र नशा, ( सुगर , रगत र पिसाव ) लगायतका बिरामिहरुको स्वास्थ्य परिक्षण गर्ने व्याबसथा मिलाएको बरालले जनाए ।

पोखरा २५ क्षेत्रका करीब ५ सय जना भन्दा बढि ब्यक्तिहरुले प्रत्यक्ष लाभलिने अनुमान गरियको आयोजकले जनाएको छ । बास्पानि कृषि सहकारिले आफ्नो स्थापना देखि अहिले सम्म सामाजिक क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ भने स्वास्थ्य शिविर भने संस्थाले पहिलो पटक गर्न लागेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button