पुम्दी भूम्दीमा निशुल्क स्वस्थ्य शिविर

पोखरा-

बास्पानि कृषि सहकारि संस्था लिमिटेड र हाम्रो परिवर्तन नेपालको आयोजनामा पोखरा २५, पुम्दी भुम्दीमा शनिबार आयोजना भएको एक दिने निशुल्कः स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित भएकाछन ।

शुक्रराज उच्च मा.बि मा शनिबार सम्पन्न भएको उक्त शिविरमा स्थानीय करीब ३ सय जना सहभागि भई स्वास्थ्य लाभ लिएकोे कार्यक्रक संयोजक कमल बरालले बताए ।

मेडिकल, सर्जिकल, हाडजोर्नि तथा नसा, प्रयोगसाला, स्त्रि तथा प्रसुति, भिडियो एक्सरे, ई. सि. जि र डेन्टल लगायतको सेवा शिविरमा उपलब्ध गराईएको बरालले जनाए । शिविरमा सहभागिहरु मध्य पेट सम्बन्धि समस्या भएका बिरामिको सङख्या धेरै रहेको डा.ढाका कुमार श्रेष्ठले बताए ।

बास्पानि कृषि हसकारिका अध्यक्ष रमेश बरालको अध्यक्षतामा भएको कार्यक्रममा उच्च माविका प्राचार्य नरनाथ बराल, शिबलाल बराल, माधब पनेरु, राधा पौडेल, मणि न्यौपाने, रामप्रशाद पौडेल , बिमल बराल बराल लगायतले समय समयमा यस्तो शिविर हुनुपर्नेमा जोड दिए । सामाजिक उत्तरदायि बन्दै र भाबि दिनका कार्यक्रम अन्तरगत पोखरा २५ मा कृषिखेतिको लागि माटो परिक्षणको कार्यक्रम राखिने कार्यक्रक संयोजक बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button