पोखराको पुम्दीकोटमा महादेवको मूर्ति निमार्ण सहयोगार्थ शिलामा नाम लेख्ने गरी सहयोग गर्न आव्हान

पोखरा –

पुम्दीकोट बिशाल महादेव मुर्ति निमार्ण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समिति अन्तर्गतको पाज्ञ, शिक्षक तथा कर्मचारी समन्वय उप–समितीले महायज्ञमा सहयोग गर्न आव्हान गरेको छ ।

पुम्दीकोटमा विशाल महादेवको मुर्ति निमार्ण हुने भए पछि उक्त मुर्ति निमार्णको लागि आर्थिक संकलन गर्ने उद्धेश्यले फागुन ३ गते १३ गतेसम्म महायज्ञ संचालन हुने भएको छ । महायज्ञमा आर्थिक संकलन गर्ने अभियानलाई सफल पार्न पुर्व कर्मचारी, कर्मचारी, शिक्षक, प्राज्ञलाई कम्तिमा पनि शिलामा आफ्नो नाम लेख्न मिल्ने गरी सहयोग गर्न उप समितिका संयोजक नरहरी बरालले आव्हान गरेका छन । उनले भने “ पुम्दीकोट धार्मिक तथा पर्यटकीय दृष्टिले निकै महत्वपुर्ण स्थल भएकोले त्यहाँको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले निमार्ण हुन लागेको बिशाल महादेवको मुर्ति निमार्ण अभियानमा शिलामा नाम लेखनाउन कम्तिमा १० हजार रुपैया सहयोग गर्न आव्हान गर्दछु ।”

पोखरा २५ हाल एयरपोर्टमा बस्दै आएका निवृत कर्मचारी नरहरी बरालको संयोजकत्वमा उक्त उप–समिति गठन भएको हो । अन्य सदस्यहरुमा लुकुन्श्वाराका नरेन्द्र बराल, ठुलास्वाराका भिमनाथ बराल, गोविन्द प्रसाद बराल, लुकुन्श्वाराका बुद्धिसागर बराल, नरनाथ बराल, सिमलटारीका दण्डपाणी बराल, कालाभाङका प्रेमलाल बराल, डाँडाथोक इन्द्र प्रसाद बराल, पत्रकार दीननाथ बराल, नेटाकी कुल देवी बराल, घुम्तीका भुवानी शंकर वाँस्तोला, देउरालीस्वाराका खडानन्द बराल र अर्चलवोटका युवराज वास्तोला रहेका छन ।

पर्यटन प्रवद्र्धनका लागि पुम्दीकोट विशाल महादेवको मुर्ति निमार्ण गर्ने हाम्रो अठोट” भन्ने मुल नाराका साथ महाशिव पुराण एवं धार्मिक पर्यटन महोत्सव २०७३ हुने भएको समितिका सचिव प्रकाश बरालले बताए । पुम्दीकोटमा महादेवको विशाल मुर्ति सहित पर्यटकीय भौतिक संरचना निमार्णले पोखराको पर्यटकहरुको वसाई लम्विनी भएको बरालले दाबी गरे । धार्मिक तथा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पोखराको

पुम्दीकोटमा महादेवको विशाल मुर्ति सहितको भौतिक संरचना निमार्णको अभियामना आफुहरु जुटेको समितिका संयोजक चन्द्रकान्त बरालले बताए । पुम्दीकोटको बृहत योजना ५ बर्षको भएको बताएका संयोजक बरालले उक्त प्रोजेक्ट सफल पार्न करीब २१ करोड लागत हुने जनाए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button