पुम्दीकोट पोखराको महायज्ञमा छैटौं दिनसम्म ४ करोड ५२ लाख संकलन

 

डीएनबी, पोखरा –

पोखराको पर्यटकीय स्थल पुम्दीकोटमा संचालन भई रहेको महाशिवपुराण एवं धार्मिक पर्यटन महोत्सव २०७३ मा  ४ करोड ५२  लाख  रुपैया आर्थिक संकलन भएको छ ।

महायज्ञको छैटौं दिनमा ६३ लाख संकलन भएसंगै हालसम्म महायज्ञमा ४ करोड ५२ लाख रुपैया आर्थिक संकलन भएको महायज्ञ आर्थिक संकलन उप–समितिका संयोजक डिल्लीराम बरालले बताए । उनका अनुसार आईतबार मात्रै ६३ लाख १७ हजार ४ सय २६ रुपैया आर्थिक संकलन भएको होे । पुम्दीकोटमा विशाल महादेवको मुर्ति सहितका भौतिक संरचना निर्माण गर्ने उद्धेश्यले यही फागुन ३ गते देखि संचालन भएको महायज्ञमा आईतबार समाजसेवि लक्ष्मी गुरुङले २५ लाख आर्थिक सहयोग गरेकी छन ।

त्यसै गरी कास्कीका ४ जना सभासदले १२ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएका छन । सांसदहरु बृद्धा रानाले ५ लाख, शारदा पौडेलले २ लाख ५० हजार, यज्ञ बहादुर थापा र जिवन परियारले संयुक्त रुपपमा ५ लाख दिने उद्घोष गरेका हुन । त्यसै गरी पोखरा २५ लुकुन्स्वाराका कलाधर बरालले जग्गा दान गरेका छन । ठुलिविडिमा रहेको २ रोपनी ४ आना जग्गा दान गरेको पुम्दीकोट बिशाल महादेव मुर्ति निमार्ण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिका सचिव प्रकाश बरालले बताए ।

महायज्ञमा हालसम्म सवै भन्दा धेरै रकम समितिका अध्यक्ष चन्द्रकान्त बराल परिवाबार उठेको समितिले जनाएको छ । समितिका सचिव प्रकासका अनुसार हालसम्म चन्द्रकान्त बराल परिवारबाट ७५ लाख रुपैया आर्थिक सहयोग प्राप्त हुने भएको छ । महायज्ञमा विरगन्जका उद्योगपति मुरलिधर रुङगटाले ५० लाख रुपैया दिएका छन । त्यसै गरी पोखराको होटल बराहीका संचालक विप्लप पौडेल परिवारबाट २५ लाख रुपैया सहयोग प्राप्त भएको समितिले जनाएको छ । गरिमा विकास बैंकबाट पुम्दीकोटमा पर्यटकीय तथा धार्मिक तिर्थस्थल निमार्णको लागि १० लाख रुपैया सहयोग गरेको छ । त्यसै गरी महायज्ञमा पोखरा र पोखरा आसपासबाट सहयोग गर्नेहरुको हरेक दिन भिड लागेको सचिव प्रकाश बरालले बताए । महायज्ञ यही फागुन १३ गतेसम्म चल्ने छ । महायज्ञमा जान आउनको लागि समितिले पोखराको पार्दीविरौटा (बरालफिड) देखि पुम्दीकबोटसम्म निशुल्क वसको व्यबस्था मिलाएको यातयात व्याबस्थापन समितिका संयोजक गोपाल बरालले बताए ।

“पर्यटन प्रवद्र्धनका लागि पुम्दीकोट विशाल महादेवको मुर्ति निमार्ण गर्ने हाम्रो अठोट” भन्ने मुल नाराका साथ आयोजना भएको महायज्ञबाट संकलन भएको रकमले पुम्दीकोटको धरोहर पुम्दीकोटको धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गराउने भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । पुम्दीकोटमा महादेवको विशाल मुर्ति सहित पर्यटकीय भौतिक संरचना निमार्णले पोखराको पर्यटकहरुको वसाई लम्विनी भएको उनले दाबी गरे । पुम्दीकोटको बृहत योजना ५ बर्षको भएको बताएका संयोजक बरालले उक्त प्रोजेक्ट सफल पार्न करीब २१ करोड लागत हुने जनाए। पुम्दीकोटको उक्त योजनालाई सफल पार्न नेपाल सरकार नागरीक उडड्यन तथा पर्यटन मन्त्रालयबाट पहिलो चरणमा २० लाख रुपैया विजियोजन भएको रकमले केहि काम सुरु भएको बरालले बताए । मुर्तिको वरिपरि १ सय ८ शिव लिङग् निमार्ण गर्ने र मुर्तिलाई डाई मार्फत गणेशले परिक्रमा गरिरहने सहितको मुर्ति निमार्ण गर्ने, ध्यान केन्द्र निमार्ण गर्ने, स्मृति पार्क निमार्ण गर्ने, शहिद स्मारक पार्क लगायतका योजनाहरु रहेकोे सल्लाहकार राम्जी बराल जिवनले बताए । उक्त महायज्ञको मुख्य वाचकमा विश्वविख्यात कथावाचक ईश्वरकृष्ण महाराजजी रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button