पुम्दीकोट महायज्ञको आठौं दिनमा ५७ लाख, हालसम्म ५ करोड १५ लाख प्राप्त

पोखरा, १० फागुन

पर्यटनको पुर्वाधार निमार्ण गर्ने उद्धेश्यले पोखराकोे पुम्दीकोटमा जारी महाशिवपुराण एवं धार्मिक पर्यटन महोत्सव २०७३ को आठौं दिनमा ५७ लाख रुपैया आर्थिक संकलन भएको छ । महोत्सव एवं महायज्ञको आठौं दिनमा ५७ लाख सहित हालसम्म ५ करोड १५ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको महोत्सव एवं महायज्ञ आर्थिक संकलन उप–समितिका संयोजक डिल्लीराम बरालले बताए ।

मंगलबार पोखराका पर्यटन व्यवसायि एवं होटल मुनालका संचालक काली बहादुर परियारले ६ लाख ३ हजार २६ रुपैया आर्थिक सहयोग गरेका छन । त्यसै गरी पोखरा नागढुंगाका धनिराम बराल परिवारबाट २ लाख ५१ ह्जार ५ सय १, बी.एन.बी. हाउजिङ कास्कीबाट २ लाख २५ हजार ५ सय ५५, लुकुन्स्वाराका केशवराज बरालबाट २ लाख ३१ हजार, लुकुन्स्वाराकै नरेन्द्र बरालबाट २ लाख ३१ हजार, उल्लेरीका सिंह बहादुर गुरुङबाट २ लाख २५ हजार, टाईगर गु्रुप पोखराबाट २ लाख २५ हजार, पश्चिमाञ्चल होटल संघ पोखराबाट २ लाख २५ हजार, पोखरा ड्यामसाईडका दीलीप शेरचनबाट २ लाख २५ हजार १ सय ८ रुपैया प्राप्त भएको बरालले जनाए ।

त्यस्तै एक लाख भन्दा बढी दान गर्नेहरुमा शान्तिस्तुपाः दहराका उमनाथ देवकोटा, लौसिवोटका निमराज पौडेल, जिवन बास्तोला, पोखरा १७ का नरपति देवकोटा, बराल गाईफार्म एवं ठुलिबिडिका टिकाराम बराल, भुम्दीका नारायण बहादुर क्षेत्रि, पोखरा बगरका राजेन्द्र श्रेष्ठ लगायतका रहेकोे आर्थिक संकलन उप–समितिका संयोजक बरालले बताए । महायज्ञमा दान गर्न पोखरा र पोखरा आसपासबाट विभिन्न संघ संस्था, आमा समुह एवं व्यक्तिहरुको उत्साहजनक रुपमा हरेक दिन सहभागिता रहेको पुम्दीकोट बिशाल महादेव मुर्ति निमार्ण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

पुम्दीकोटमा विशाल महादेवको मुर्ति सहितका भौतिक संरचना निर्माण गर्ने उद्धेश्यले यही फागुन ३ गते देखि संचालन भएको महायज्ञको यही फागुन १३ गते महाशिव रात्रिको दिनसम्म संचालन हुने भएको समितिका सचिव प्रकाश बरालले बताए । महायज्ञमा जान आउनको लागि समितिले पोखराको पार्दीविरौटा (बरालफिड) देखि पुम्दीकोटसम्म निशुल्क वसको व्यबस्था मिलाएको यातयात व्याबस्थापन समितिका संयोजक गोपाल बरालले बताए । “पर्यटन प्रवद्र्धनका लागि पुम्दीकोट विशाल महादेवको मुर्ति निमार्ण गर्ने हाम्रो अठोट” भन्ने मुल नाराका साथ आयोजना भएको महायज्ञबाट संकलन भएको रकमले पुम्दीकोटको धरोहर पुम्दीकोटको धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गराउने भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । पुम्दीकोटमा महादेवको विशाल मुर्ति सहित पर्यटकीय भौतिक संरचना निमार्णले पोखराको पर्यटकहरुको वसाई लम्विनी भएको उनले दाबी गरे । पुम्दीकोटको बृहत योजना ५ बर्षको भएको बताएका संयोजक बरालले उक्त प्रोजेक्ट सफल पार्न करीब २१ करोड लागत हुने जनाए। उक्त महायज्ञको मुख्य वाचकमा विश्वविख्यात कथावाचक ईश्वरकृष्ण महाराजजी रहेका छन । यसै बिच नेपाल पत्रकार महासंघ कास्कीको नवनिर्वाचित पदाधिकारी सहित पत्रकारहरुको एक टोलीलाई मंगलबार महायज्ञमा माला तथा रामनामीले सम्मान गरीएको थियो । महासंघ कास्कीको नवनिर्वाचित अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सचिव राम प्रसाद तिमिल्सिना सहितको टिम मंगलबार पुम्दीकोट पुगेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button