पोखरा पुम्दीकोटको महायज्ञमा ६ करोड ८३ लाख संकलन, शनिबार मात्रै समापन हुने

पोखरा-

पर्यटनको पुर्वाधार निमार्ण गर्ने उद्धेश्यले पोखराकोे पुम्दीकोटमा जारी महाशिवपुराण एवं धार्मिक पर्यटन महोत्सव २०७३ मा एक दिन थप भएको छ । भक्तजन तथा महायज्ञमा आर्थिक सहयोग गर्नेहरुको अत्याधिक रुपमा सहभागि भएकोले एक दिन थप गरीएको पुम्दीकोट बिशाल महादेव मुर्ति निमार्ण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । उक्त महोत्सव एवं महायज्ञ शनिबारसम्म चल्ने भएको छ ।

उक्त महोत्सव एवं महायज्ञको दशौं दिनमा मात्र ६७ लाख ३३ हजार ९ सय ५८ रुपैया भन्दा बढी आर्थिक संकलन भएको छ । महोत्सव एवं महायज्ञको दशौं दिनमा उक्त रकम सहित हालसम्म ६ करोड ८३ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको महोत्सव एवं महायज्ञ आर्थिक संकलन उप–समितिका संयोजक डिल्लीराम बरालले बताए ।

विहिबार महायज्ञमा दान गर्नेहरुमा चितवनका देवेन्द्र श्रेष्ठबाट २ लाख २५ हजार, पोखरा विरौटाका कृष्ण बहादुर खत्रीबाट २ लाख २५ हजार एक सय १०, नारायण खत्रीबाट २ लाख २५ हजार १ सय ११, पुम्दीका भन्द्रकला बरालबाट २ लाख ३३ हजार ३ सय ३३, पोखरा सभागृहचोकका रवि कुमार सापकोटाबाट २ लाख २५ हजार ५ सय ८, पृथ्बीचोक निवासी रिजन शेरचनबाट २ लाख २५ हजार ५ सय ८, सभागृहचोकका दिपक शेरचनबाट २ लाख २५ हजार ५ सय ५५, तनहुँका याम बहादुर थापाबाट २ लाख २५ हजार, कालाभाङका क्या.टिक प्रसाद गुरुङबाट २ लाख २७ हजार ७ सय ७७, विरौटाका अर्जुन पोखरेलबाट २ लाख २५ हजार ५ सय ५५, तल्लोगाँउका छविलाल भुजेललबाट २ लाख ७५ हजार, पोखरा भ्युप्वाईटका टेकलाल बरालबाट २ लाख २५ हजार ५, लायन्स क्लव अफ पोखरा फिस्टेल सिटीबाट २ लाख २५ हजार ५ सय १ रुपैया प्राप्त भएको बरालले जनाए ।

त्यस्तै एक लाख भन्दा बढी महायज्ञमा दान गर्नेहरुमा महेन्द्रपुलका विनोद कायस्थ, पोखरा २५ का राजु प्रसाद बराल, पुम्दी डाँडाँथोक निवासि प्रजापति÷हरिकला बराल, लुकुन्स्वाराका भवानी प्रसाद बराल, पोखरा भ्यूप्वाईटका श्रीकान्त वास्तोला, अमलचौरका हरी प्रसाद बराल, काउलेपानीका थमन परियार, तल्लोगाँउका पदम बहादुर भेजेल, लुकुन्श्वाराका एशोधा बराल, हुमाकुमारी बराल, फेवा विकास बैंक, गण्डकी विकास बैंक, फिस्टेल उच्च माविका संस्थापक प्रिन्सिपल चिनु रानाभाट, पोखरा प्रस्र्याङका खतान कन्स्ट्रक्सन, स्थानिय श्रृगां यातयात व्यवसायी समिति, काठमाण्ठौं मुडवरीका डा. धुर्व शर्मा, पार्वती÷मधु बराल, बगुवाका गुरुदक्त पौडेल लगायतले दान गरेका छन । एक लाख भन्दा बढी दान गर्नेहरु उक्त समितिको संस्थापक समितिमा आवद्ध हुने अधिकार हुने छ ।

लगायतका रहेकोे आर्थिक संकलन उप–समितिका संयोजक बरालले बताए । पुम्दीकोटमा विशाल महादेवको मुर्ति सहितका भौतिक संरचना निर्माण गर्ने उद्धेश्यले यही फागुन ३ गते देखि संचालन भएको महायज्ञको यही फागुन १४ गते महाशिव रात्रिको दिनसम्म संचालन हुने भएको समितिका सचिव प्रकाश बरालले बताए । महायज्ञमा जान आउनको लागि समितिले पोखराको पार्दीविरौटा (बरालफिड) देखि पुम्दीकोटसम्म निशुल्क वसको व्यबस्था मिलाएको यातयात व्याबस्थापन समितिका संयोजक गोपाल बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button