पोखराको पुम्दीकोटमा आयोजना हुने महायज्ञ सफल पार्न बृहत ¥याली प्रदर्शन

डीएनबी,पोखरा-

“पर्यटन प्रवद्र्धनका लागि पुम्दीकोट विशाल महादेवको मुर्ति निमार्ण गर्ने हाम्रो अठोट” भन्ने मुल नाराका साथ आयोजना हुने महायज्ञको पुर्व सध्यामा पोखरामा शनिबार बृहत रुपमा कार तथा मोटरसाईकल ¥याली प्रर्दशन गरीएको छ ।

पोखराको पर्यटकीय गन्तव्य पुम्दीकोटको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले फागुन ३ गते बाट सुरु हुने महायज्ञको पुर्व सन्ध्यामा पोखरामा शनिबार बृहत रुपमा कार तथा मोटरसाईकल ¥याली प्रर्दशन गरीएको पुम्दीकोट बिशाल महादेव मुर्ति निमार्ण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिले जनाएको छ ।

समितिको अगुवाईमा आयोजना भएको उक्त ¥याली पोखराका मुख्य चोक सहित स्याङजा जिल्लाको सिमाना कुविण्डे भन्ज्याङ बाट पुनः पोखराको डेबिडफल्स सम्म उक्त ¥याली प्रदर्शन गरीएको हो । डेभिडफल्सबाट सुरु भएको ¥याली, पार्दीविरौटा, राष्ट्रबैंकचोक, लेकसाईड, जिरोकिलोमिटर, सृजनाचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक, नागँढुंगा, एयरपोर्ट, छोरेपाटन, पोखरा भ्युप्वाइन्ट, ठुलिबिडी, तिलाहार, खाडेखोला, ठुलढुंगा, माछापुच्छ्रे भ्युप्वाईन्ट, कुविण्डेभन्ज्याङबाट पुन छोरेपाटन डेबिडफल्समा आएर टुंगिएको समितिका संयोजक चन्द्रकान्त बरालले बताए । ¥यालीमा सहभागि हुनेहरुलाई धन्यवाद दिदै फागुन ३ गते देखि १३ गतेसम्म पुम्दीकोटमा आयोजना हुने महायज्ञमा सहभागिताको लागि समेत बरालले आव्हान गरे ।

पुम्दीकोटको धरोहर पुम्दीकोटको धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गराउने उद्धेश्यले महाशिव पुराण एवं धार्मिक पर्यटन महोत्सव २०७३ हुने भएको समितिका सचिव प्रकाश बरालले बताए । पुम्दीकोटमा महादेवको विशाल मुर्ति सहित पर्यटकीय भौतिक संरचना निमार्णले पोखराको पर्यटकहरुको वसाई लम्विनी भएको बरालले दाबी गरे ।

धार्मिक तथा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पोखराको पुम्दीकोटमा महादेवको विशाल मुर्ति सहितको भौतिक संरचना निमार्णको अभियामना आफुहरु जुटेको समितिका संयोजक बरालले बताए । पुम्दीकोटको बृहत योजना ५ बर्षको भएको बताएका संयोजक बरालले उक्त प्रोजेक्ट सफल पार्न करीब २१ करोड लागत हुने जनाए। पुम्दीकोटको उक्त योजनालाई सफल पार्न नेपाल सरकार नागरीक उडड्यन तथा पर्यटन मन्त्रालयबाटपहिलो चरणमा २० लाख रुपैया विजियोजन भएको रकमले केहि काम सुरु भएको बरालले जनाए ।

मुर्तिको वरिपरि १ सय ८ शिव लिङग् निमार्ण गर्ने र मुर्तिलाई डाई मार्फत गणेशले परिक्रमा गरिरहने सहितको मुर्ति निमार्ण गर्ने, ध्यान केन्द्र निमार्ण गर्ने, स्मृति पार्क निमार्ण गर्ने, शहिद स्मारक पार्क लगायतका योजनाहरु रहेकोे सल्लाहकार राम्जी बराल जिवनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button