पोखरामा शिक्षा मन्त्रालयबाट GRE मान्यता प्राप्त पहिलो संस्था बन्दै छौ

पोखरा –

भनिन्छ पोखरामा हरेक कुराको सम्भावना छ । मानिसहरुले पोखरालाई पर्यटन, खेलकुद तथा   संगीतको  राजधानीको हिसाबमा चर्चा परिचर्चा गर्ने पनि गर्दछन । संगसंगै शिक्षा स्वास्थ्य का हिसाबले पनि पोखरा अगाडी बढीरहेको छ । पोखरामा हरेक क्षेत्रमा सम्भाव्यताको खोजि गर्दै नयाँ पन दिने भन्दै युवा ब्यबसायीहरुले लगानी गरिनै रहेका छन । यसै सन्दर्भमा आज हामीले पोखरामा पहिलोपटक शिक्षा मन्त्रालयमा दर्ता गरि GRE मान्यताप्राप्त सस्थाको रुपमा पोखराको जिरो किमीमा Quantum Leap Pvt. Ltd संचालन गर्न लागेका प्रालिका संचालक तेजु राम सुनार संग गरेको कुराकानीको छोटो अंश यहाँ प्रस्तुत गरेका छौ ।

teju-ram-sunar
तेजु राम सुनार – प्रबन्धक Quantum Leap

Quantum Leap भनेको के हो ?

यसको अर्थ अत्यन्तै छिटो वृद्धि हुनु हो । भौतिक शास्त्रको विद्यार्थी भएको नाताले हामीले भौतिक विज्ञान संग सम्बन्धित शब्दावली को प्रयोग गरेका हौ । यो नाम राख्नुको मुख्य अभिप्राय हामीकहाँ आउने विद्यार्थीको क्षमता अभिबृद्धि हामीले Quantum Leap कै अबधारणामा गर्न सकौ भन्ने नै हो ।

यसको स्थापना गर्ने सोच कसरी बनाउनुभयो ?

जब मैले MSC सकेर पोखरा बस्ने क्रममा GRE गर्ने चाहना राखे त्यसपछी तयारी कक्षाका लागी उत्कृष्ट गन्तब्य खोज्दै जादा नभेटेपछि म काठमाण्डौ जानुपर्यो । काठमाण्डौ गइसकेपछी नेपालकै सबैभन्दा पुरानो  GRE तयारी कक्षा संचालन गराउने  Collins International मा तयारी कक्षा लिए । GRE को परीक्षामा उत्कृष्ट नतिजा आएपछी म पोखरा फर्किए । पोखरा फर्किए पछी यहाँ आसपासका विद्यार्थी बाहिर जान नपरोस भनि पोखरामै एउटा उत्कृष्ट Study Hub को बिकास गर्ने हेतुले नाम चलेका प्राध्यापकहरु संग को परामर्शमा हामीले यसलाई स्थापना गरेका हौ ।

यहाँ संचालन हुने कक्षाहरु के के हुन ?

हाम्रो पहिलो प्राथमिकता भनेको GRE नै हो । हामी केही दिन भित्रमै पोखराको एकमात्र नेपाल सरकारको शिक्षा मन्त्रालय बाट GRE मान्यताप्राप्त संस्था बन्दैछौ । यस सँगसँगै सहायक कक्षाको रुपमा GMAT, SAT, CMAT, TOFEL, IELTS,  PTE लगायतका कक्षामा हामीले जोड दिइरहेका छौ । यहाँ आइसकेपछि यहाँ का विद्यार्थी तथा अभिभाबकहरुको माग अनुसार हामीले Japanese, Chainese, Korean, English लगाएतका भाषाका कक्षा पनि संचालन गरेका छौ । साथै हामीले लोकसेवा, शिक्षक सेवा आयोग का कक्षाको साथमा विभिन्न विषयका Tution कक्षाहरु समेत संचालन गरिरहेका छौ ।

यसको अलावा Quantum Leap ले  के के कार्य गर्दछ  ?

हामीले अमेरिका, अस्ट्रेलिया, जापान, युरोप लगायतका देशमा जान चाहने विद्यार्थीहरुलाई निशुल्क student counselling र Visa Processing को कार्य पनि गर्दछौ । साथै हामीले हाम्रा विद्यार्थीहरुलाई GRE, GMAT र SAT को Exam Date register गर्न काठमाण्डौ जानुपर्ने अवस्थाको अन्त्य गर्दै यहीबाट register गरिदिने व्यवस्था समेत गरेका छौ ।

तपाइहरुसंग कस्तो खालका  शिक्षक हुनुहुन्छ ?

लामो समय देखि सम्बन्धित बिषयमा बिज्ञ शिक्षकहरु वाट नै हामीले कक्षा संचालन गराईरहेका छौ ।

विद्यार्थी तान्नलाइ भन्ने एउटा गर्ने अर्को चलन छ नि ?

हामीले विद्यार्थीको भरोषालाइ टुट्न दिने छैनौ । Quantum Leap को मान्यता भनेकै गुणस्तरीय शिक्षा प्रदान गर्नु हो । हामी विद्यार्थीको भबिष्य बनाऊ भनेरनै आएका हौ न कि खेलबाड गर्न ।

यहाँ आउने विद्यार्थीहरु कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

हामीकहाँ आउनुभएका विद्यार्थीहरु हामीसंग सन्तुष्ट हुनुहुन्छ । यहाँ शिक्षक, इन्जीनियर, डाक्टर जस्ता विशिष्ट व्यक्तिहरु पनि पढ्नको लागी आइरहनुभएको छ । अमेरीका बाट  आउनुभएका  एक  विद्यार्थी काठमाण्डौ गइ  फर्किएर हामीकहा आएर GRE गरी ३४० मा ३१० अङ्क हासील गरी अमेरीका फर्किनुभएका  विद्यार्थी सम्मको छोटो इतिहास छ ।

तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

विद्यार्थीहरुको चाप बढदो छ । हामीले यसको आकारमा पनि वृद्धि गर्न लागिरहेका छौ । यस्ता प्रकारका कक्षाको लागी काठमाण्डौ जानुपर्ने बाध्यताको अन्त्य गर्नको लागी लाग्दैछौ । सबैभन्दा ठुलो कुरा हामीकहाँ आउनुभएका विद्यार्थी हामीसंग सन्तुष्ट हुनुहुन्छ, त्यसैमा हामी  सन्तुष्ट छौ । विद्यार्थीको सन्तुष्टी हाम्रो सन्तुष्टी, विद्यार्थीको उपलब्धिनै हाम्रो उपलब्धि हो । यो नै हाम्रो मूल मन्त्र हो ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

पोखरामा शिक्षाका लागी भनेर खोलेका संस्था थुप्रै छन्  तर महत्वपूर्ण कुरा गूर्णस्तरको हो । हामी शिक्षा व्यापार भन्दा पनि गुणस्तरीय र ब्यबहारिक जिवन परिवर्तनको माध्यम बन्नुपर्दछ र यस्ता सस्था त्यसको सारथी बन्नुपर्दछ भन्ने मान्यता राख्दछौ ।

विद्यार्थीहरुले  पनि भड्किला विज्ञापनमा मात्र ध्यान नदिई गुणस्तरीयतालाइ केलाउन जरुरी छ भन्न चाहन्छौ । अन्त्यमा तपाईहरु एक पटक यस  मा आएर हेर्नुहोस  बुझ्नुहोस् र सेवा गर्ने मौका दिनुहोस हामी तपाइको सन्तुष्टिको ग्यारेन्टी गर्दछौ ।

quantum-leap-logo

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button