पोखरा महोत्सवमा शनिवार चर्चित ब्याण्ड ‘मंगोलिनय हर्ट’ का राजु लामा आउदै

पोखरा-
पोखरा महोत्सवमा शनिवार बहुचर्चित ब्याण्ड मंगोलिनय हर्टका राजु लामाको प्रस्तुती रहने भएको  छ  ।

जारी आठौ पोखरा महोत्सबमा  शनिवार सांझ  राजु लामाले आफ्नो प्रस्तुतीबाट दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्नेछन । महोत्सवमा सुगम पोख्रेलको पनि लाइभ प्रस्तुती रहने छ । यसअघि चर्चित ब्याण्ड मन्त्र, लाहुरे, स्याडोज नेपाल, सविन राइ, नविन के भट्टराइ लगायतले महोत्सवमा आफ्नो प्रस्तुती राखिसकेका छन ।

महोत्सवको आठौ दिन सम्म आइपुग्दा दर्शकको साथ उल्लेख्य मात्रामा पाइरहेको आयोजकले जनाएको छ । महोत्सवको आठौ दिन शुक्रबार १७ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको प्रचार प्रसार संयोजक राजु श्रेष्ठले वताए । महोत्सवका शुक्रबार १ करोड १० लाखको कारोवार भएको छ । महोत्सवमा विशेषगरी जाडो सिजनका सामानहरुको बिक्री वढीमात्रामा रहेको छ । शुक्रबार महोत्सवमा चर्चित दोहोरी गायक राम्जी खांड, प्रजापति पराजुली, चोलेन्द्र पौडेल लगायतले दोहोरी मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए ।

महोत्सवमा शनिवार लोकदोहोरी तर्फ कोमल वली, राजन कार्की, इन्द्र गुरुङ, निशा पोख्रेल, सुरेन्द्र गुरुङ, शिवहरी ढुंगाना, माया सुनार लगायतको प्रस्तुती रहने छ ।

त्यसैगरी नीलम ढुंगानाको आकर्षक नृत्य दर्शकहरुले हेर्न पाउनेछन । लाइभ ब्याण्ड तथा पप कन्सर्ट तर्फ मंगोलियन हर्ट(राजु लामा)को प्रस्तुती रहने छ ।

आठौ दिन सम्म महोत्सवमा दर्शकको साथ पाउनुमा युनाइटेड क्लवले महोत्सवको आयोजना गरी विभिन्न सामाजिक क्षेत्रमा पु¥याएको योगदाननै मुख्य रहेको क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितीका संयोजक सुक बहादुर गुरुङले वताए ।

महोत्सवमा आएर दर्शकहरुले मनोरन्जन मा मात्र सहभागी नभइ प्रत्यक्ष अप्रत्यक्ष रुपमा सामाजिक सेवामा सहभागीता जनाउने भएकाले महोत्सव हामी सवै पोखरेलीको गौरवको महोत्सव भएको गुरुङको भनाइ रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button