पोखरामा सोमबार पोलियो शुन्य नेपाल रयाली हुने

पोखरा 

विश्वबाट पोलियो उन्मूलन गर्न महत्वपूर्ण योगदान गरेको रोटरी इन्टरनेशनलले छिटपुट रुपमा देखिएको पोलियो रोग पूर्ण रुपमा अन्त्य गर्न विभिन्न कार्यक्रम गर्दै आई रहेको छ ।

यसै सन्दर्भमा विश्व पोलियो दिवसको उपलक्ष्यमा कार्तिक ८ गते सोमबार पोखरामा वृहत पोलियो शुन्य रयाली हुदै छ । पोखरा उपत्यकाका ६ वटा रोटरी क्लबहरु समेत यससंग सम्बन्धित विभिन्न संगठनको संयूक्त आयोजनामा पोखराको  बिन्ध्याबासिनी मन्दिर प्राङगण बाट विहान ७ः३० बजे रयाली शुरु हुने भएकोले सबैमा उपस्थितिका लागि रोटरी क्लब अफ पोखरा मिडटाउन अध्यक्ष हेमराज बरालले अनुरोध गर्नु भएको छ ।

नेपाल राष्ट्रिय पोलियो प्लस कमिटिको सहयोगमा हुन गईरहेको कार्यक्रममा रोटरी क्लबका अलवा विभिन्न सरकारी तथा गैर सरकारी संघ–संस्था इनर ह्वील क्लबहरु, रोट्रायाक्ट क्लबहरु, ईन्टरएक्ट क्लबहरु र रोटरी सामुदायिक ग्रामका पदाधिकारी र सदस्यहरुलाई सक्रिय रुपमा सहभागि हुन र पोलियो उन्मुलन कार्यमा सहयोग गर्न रोटरी डिस्ट्रीक ३२९२ नेपाल–भुटानका डिस्ट्रीक गभर्नर जया राज्य लक्ष्मी शाहले आग्रहगर्नु भएको छ । गभर्नर शाहले रयालीको नेतृत्व गर्नुहुने अध्यक्ष बरालले जानकारी दिनुभयो । रयाली बजार परिक्रममा गरी पोखरा उद्योग बाणिज्य संघमा आएर समापन हुने कार्यक्रम रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button