आज राम नवमी, देशभरका राम मन्दिरमा भक्तजनको घुइँचो

पोखरा – 

हरेक वर्षको चैत शुक्ल नवमीका दिन  मनाइने राम नवमी पर्व आज देशैभर मनाइदै  छ ।  श्रद्धा तथा भक्तिपूर्वक भगवान श्री रामको पूजा–आराधना  गर्नको लागी देशभरका राम  मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

जनमानसमा मर्यादा पुरुषोत्तमका नामले परिचित भगवान श्रीरामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाउने गरिन्छ । असत्यमाथि सत्यका विजय प्रतिक भगवान श्रीरामको  सम्झनामा राम मन्दिरमा पूजापाठ गरिँदै छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ ।

आजकै दिन  जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । राम जानकी मन्दिरमा नेपाल र भारतका श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । पोखरामा पनि सबैराम मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

राम नवमीका दिन सवेरै नुहाइधुवाइ शुद्ध बनी राम मन्दिरहरुमा पुगि पूजा आराधना गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास रहिआएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button