रामबजार महोत्सव जारी

पोखरा –

आऔ, खाऔ अनि रामबजार मै रमाऔ भन्ने मूल नाराका साथ रामबजार युथ क्लबले पोखराको रामबजारमा गरेको चौथो रामबजार महोत्सव विहीबार पनि जारी रह्यो।

रामबजारको पहिचान र विकासको मुख्य उदेश्यले गरिएको महोत्सव शनिबारसम्म चल्नेछ। महोत्सवले कला संस्कृतिको प्रवद्र्वनगर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्वनमा समेत टेवा पुरयाउने अपेक्षा गरिएको छ।

पाँचौ दिन विहीबारसम्ममा झण्डै २० हजार दर्शकले महोत्सव अवलोकन गरेको क्लबका अध्यक्ष कुमार थिङग तामाङले जानकारी दिए। महोत्सवमा बालबालिका र युवायुवतीको बढि घुईचो लाग्ने गरेको छ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, बाल उद्यान मुख्य आकर्षण बनेको छ। महोत्सवमा तिहारका लागि आवश्यक लत्ताकपडा र सामाग्री किन्नेको समेत घुईचो बढ्दै गइरहेको छ।

महोत्सवको आकर्षणमा लोक नृत्य, राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती, जातीय झाँकी, खानेकुरा तथा खेलकुदका स्टल, बाल उद्यान रहेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button