रामबजारमा बृहत जेष्ठ नागरिक सम्मान गरिने

पोखरा-

पोखरा उपमहानगरपालिकाको वडा नं. १० र १५ मा रहेको २०१७ सालमा भारतीय पेन्सन वितरण कार्यालयको स्थापना सँगसँगै स्थापित बाहिरी पेन्सन क्याम्पको नामले परिचित रामबजारको कार्यक्षेत्रभित्र रहेका ८४ वर्ष पूरा भएका जेष्ठ नागरिकहरुलाई रामबजारका ५ वटा मन्दिर परिक्रमा गरी बाजागाजाका साथ कालिका मन्दिरको प्राङ्गणमा शनिवार बिहान सम्मान गर्ने तयारी सम्पन्न भएको छ ।

जेष्ठ नागरिक सम्मान मूल समारोह समिति रामबजारको सम्मान तथा कार्यक्रम व्यवस्थापन मूल समिति गठन गरियो । समितिको संयोजकमा सम्मर बहादुर श्रेष्ठ, सहसंयोजक रामबजार सोसाइटी युकेका संस्थापक अध्यक्ष राम गुरुङ्ग, सदस्य सचिवमा ज्ञानबहादुर थापा, कोषाध्यक्ष निर्मला कार्की भण्डारी र सदस्यहरुमा निरज थापा, खेम गुरुङ्ग, कुमार थिङ लामा, मिना भण्डारी, माया केसी, जगेन्द्र प्रसाद शर्मा र पदम गुरुङ्गलाई चयन गरिएको छ ।

जेष्ठ नागरिक सम्मान कार्यक्रमकको सोच रामबजार सोसाइटी युकेबाट ल्याइएको र हाल रामबजारबासीको उत्साहजनक सहभागिता रही रामबजार क्षेत्रका संघसंस्था, महिला समूह र रामबजारबासीले सहयोग र ¥यालीमा सहभागी हुने प्रतिवद्धता जाहेर गरिएको उक्त सम्मान कार्यक्रममा रामबजार सोसाइटी युके लगायत उपस्थित संघसंस्थाहरुले समेत आर्थिक सहयोग गर्ने सम्मान कार्यक्रमका कोषाध्यक्ष निर्मला कार्की भण्डारीले बताउनुभयो ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा रामबजार सोसाइटी युकेका सदस्यका बुबा मुमा लगायत रामबजारबासी पूर्वमा पोखरा औद्योगिक नहर पश्चिममा एसओएस बालग्राम, उत्तरमा वडा समिति कर्यालय वडा नं. १५ र उत्तरमा पृथ्वी राजमार्ग हाइवे तलका सदस्यहरु ८४ वर्ष उमेर पुगेकालाई रामबजार परिक्रमा गरी सम्मान गर्ने युकेका सल्लाहकार महेश गुरुङ्गले जानकारी दिनुभयो ।

प्रत्येक २।२ वर्षमा ८४ वर्ष पूरा गरेका रामबजारबासीलाई सम्मान गर्ने सोंच राखेको उक्त मूल आयोजक समितिको सल्लाहकारमा युकेका महेश गुरुङ्ग, रामबजारका मनविर गुरुङ्गलाई सल्लाहकारमा चयन गराइएको उक्त भेलामा जेष्ठ नागरिक सम्मान समारोहका संयोजक सम्मर बहादुर श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम रामबजार सोसाइटी युकेका संस्थापक अध्यक्ष राम गुरुङ्गले स्वागत गरेको कार्यक्रमको सदस्य सचिव ज्ञान बहादुर थापाले संचालन गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button