पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र

पोखरा –

पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिरको अन्तिम साताबाट सुरु हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारेको छ ।

मेला कार्यसम्पादन समितिको विहीबार बसेको बैठकले मेलाको हालसम्म भएको कार्य सम्पादनको समीक्षा गर्दै मेला तयारीलाई व्यवस्थित र तीव्र बनाउने निर्णय गरेको हो ।

संघका तथा मेला कार्य सम्पादन समितिका कार्यवाहक अध्यक्ष रवीन्द्रबहादुर प्रजुको अध्यक्षतामा बसेको बैठकमा मेला सम्पन्न गर्न गठित विभिन्न २८ वटा उपसमितिका संयोजकहरुले आफ्नो उपसमितिले सम्पादन गरेका कामहरुबारे जानकारी दिनु भएको थियो । उपसमितिको कार्य प्रगतिबारे जानकारी लिए पछि संघका कार्यवाहक अध्यक्ष प्रजुले तिहार लगत्तै आफ्नो कामलाई अझ तिव्रता दिन उपसमितिका संयोजकहरुलाई आग्रह गर्नुभयो । राष्ट्रिय औद्योगिक व्यापार मेला संघको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै उहाँले मेलालाई पोखराको गौरवको रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो । स्थानीय उत्पादनको बजारिकरण र प्रवद्र्धन, नयाँ उत्पादनहरुको जानकारी एवं समग्र पश्चिमाञ्चल एवं नेपालमा भएका उत्पादनहरुको बिक्री बितरण समेत गर्ने उदेश्यले आयोजना गरिन लागेको मेलालाई भव्य बनाउन कुनै कसर बाँकी नराखिने उहाँले बताउनुभयो ।

आउँदो मंसिरको २३ गतेदेखि पुसको ४ गतेसम्म पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला,२०७३ को आयोजना हुँदैछ । मेला सम्पन्न गर्नको लागि संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा मूल समारोह समिति तथा कार्य सम्पादन समिति गठन गरिएको छ । यसैगरी मेलालाई भव्य र सभ्य रुपले सम्पन्न गर्नको लागि विभिन्न २८ वटा उपसमिति पनि गठन गरिएको छ । संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापा अतिथी व्यवस्थापन उपसमितिको संयोजक रहनु भएको छ भने आन्तरिक अतिथी व्यवस्थापन उपसमितिको जिम्मेवारी संघका पूर्व अध्यक्ष तथा सल्लाहकार संजिवबहादुर कोइरालाले सम्हाल्नु भएको छ । यसैगरी प्रायोजक व्यवस्थापन उपसमितिमा संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु,मेला व्यवस्थापन तथा स्टल व्यवस्थापन उपसमितिमा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, प्रकाशन उपसमितिमा संघकी वाणिज्यतर्फकी अध्यक्ष विन्दु कोइराला सुवेदी, प्रचार प्रसार उपसमितिमा संघका महासचिव दामु अधिकारी, साँस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिमा संघका कोषाध्यक्ष पवनकुमार प्रजापति, पार्किङ व्यवस्थापन उपसमितिमा संघका उपमहासचिव अर्जुन पोखरेल रहनु भएको छ । यता, मञ्च व्यवस्थापन उपसमितिमा संघका कार्यसमिति सदस्य अनिल सिग्देल,टेलिफोन व्यवस्थापनमा कार्यसमिति सदस्य सीता बराल, पर्यटन व्यवस्थापनमा कार्यसमिति सदस्य सुरेन्द्रमान विजुक्छे, कृषि व्यवस्थापनमा कार्यसमिति सदस्य यदु अधिकारी,सुरक्षामा कार्यसमिति सदस्य किसान सुनार,रेण्टुरेण्ट व्यवस्थापनमा कार्यसमिति सदस्य चिनु गुरुङ,बाल उद्यानमा कार्यसमिति सदस्य देवकृष्ण काफ्ले,टिकट व्यवस्थापनमा कार्यसमिति सदस्य प्रेमबहादुर भुजेल, हस्तकला व्यवस्थापनमा कार्यसमिति सदस्य गोमा ढकाल, वातावरण तथा सरसफाई उपसमितिमा कार्यसमिति सदस्य गीताकुमारी तिवारी, मुलद्धार व्यवस्थापनमा कार्य समिति सदस्य डिबी भुजेल, विद्युत व्यवस्थापन उपसमितिमा कार्यसमिति सदस्य नारायणप्रसाद पौडेल,स्वास्थ्य व्यवस्थापन उपसमितिमा कार्यसमिति सदस्य यमनाथ पौडेल, खानेपानी व्यवस्थापन उपसमितिमा कार्यसमिति सदस्य गिरधारी अधिकारी,स्थानीय समन्वय उपसमितिमा कार्यसमिति सदस्य मोहनबाबु खड्का, यातायात व्यवस्थापनमा कार्यसमिति सदस्य कमलबहादुर बस्नेत,स्टेज व्यवस्थापनमा कार्यसमिति सदस्य नरेन्द्र बास्तोला, व्यानर प्रायोजन उपसमितिमा कार्यसमिति सदस्य प्रकाशदेव पालिखे, व्यानर व्यवस्थापन उपसमितिमा कार्यसमिति सदस्य चन्द्रकिशोर गौतम र उपहार व्यवस्थापन उपसमितिमा संघका कार्यसमिति सदस्य हिरामणि पण्डित संयोजक रहनु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button