पोखरामा एक अर्व भन्दा बढीको एनसेल रिचार्ज कार्डको अवैध कारोवार

पोखरा-

पोखरामा ठुलो मात्रामा  एनसेलको रिचार्ज कार्डको  अवैध कारोवार भएको पाइएको छ ।

अनुगमनको क्रममा आइतवार पोखरामा एनसेल डिलर्स एशोसिएसन अफ नेपालको एक टोलीले पोखराको  राष्ट्रबैंकचोक अवस्थित  एक व्यक्तिको घरमा  एक अर्व भन्दा बढीको अवैध कारोवार भएको निष्कर्ष निकालेको हो ।  निजि घरमा अवैध रुपमा  विना विल विजक अर्व भन्दा बढीको  रिचार्ज कार्डको कारोवार भएको एशोसियसनका निवर्तमान अध्यक्ष श्याँम गुप्ताले पोखरा न्युज डटकमलाइ बताए ।

आइतवार गुप्ता सहितको टिम सो घरमा  पुगेर रिचार्ज कार्डको कारोवार गरिरहेका वालकृष्ण न्यौपाने संग   १० हजार रुपैयाको रिचार्ज कार्ड मागेर  विल  माग्दा विल दिन नमानि उल्टै रिचार्ज कार्ड खोस्न थालेको गुप्ताले बताए । त्यसपछि त्यहाँ अवैध रुपमा  रिचार्ज कार्डको कारोवार भएको पुष्टी गर्दै आफुहरुले प्रहरीलाई खवर गरेको टोलीमा खटिएका  दिलसाहद आलमले पोखरा न्युज डटकमलाइ बताए ।

एनसेलको विशेष साधारण सभामा पोखरामा भेला भएका डिलर्सका पदाधिकारीहरुले आफुहरुको व्यपारमा गिरावट आएको बिषयमा छलफल चलेपछी पोखरामा अवैध ढंगले कारोवार भएको आशंका गरेका थिए । तत्पश्चात अनुगमन गरेको टोलीले न्यौपानेलेनै  भ्याट तथा प्यान विल विना अर्व भन्दा बढीको एन सेलको रिचार्ज कार्डको कारोवार भएको  निष्कर्ष निकालेको हो

प्रहरीले हाल उक्त स्थानमा छापा मारी मुचुल्का उठाएको छ । प्रहरीले मुचुल्का उठाएर आन्तरीक राजश्व कार्यालयमा पठाउने तयारी गरेको  कास्की प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले पोखरा न्युज डटकमलाइ बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button