अब सडकनै ढाकेर कार्यक्रम गरे तीन वर्षसम्म कैद, ३० हजार रुपैयाँसम्म जरिवाना

पोखरा न्युज डटकम –

सडक ढाकेर जुलुस, र्‍याली, कन्सर्ट  तथा अन्य कार्यक्रम गरी आवागमन बाधा पुर्‍याएमा  अब कारबाही हुने भएको छ ।

यसरी अवरोध पुर्‍याउनेलाई कारबाहीका लागि  निर्माण हुन्  लागेको  ऐनमा तीन वर्षसम्म कैद, ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

विधायन समिति सदस्य रेवतीरमण भण्डारीका अनुसार व्यवस्थापिका संसद्ले तयार पारेको ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७१’ मा उक्त  व्यवस्था प्रस्ताव गरिएको छ । भण्डारीले  उक्त विधेयक संसदको विधायन उपसमितिबाट पास भइ समितिमा आइसकेको जानकारी दिएका छन  ।

स्रोत – नागरिक दैनिक

फाइल फोटो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button