असारे रोपाई महोत्सव यसपटक पोखराको अर्मलामा

पोखरा न्युज –

पोखरा लेखनाथ महानगरपालिकामा हरेक बर्ष असार १५ गते संचालन गरिने असारे रोपाई महोत्वस यस बर्ष अर्मलामा हुने भएको छ ।

पोखरा पर्यटन परिषदको आयोजनामा अर्मला १६ ठुलीवेसी फाँटको  करिब ८ रोपनी जग्गामा  महोत्वस संचालन हुन् लागेको हो । १४ औँ संस्करणको असारे महोत्सवमा विभिन्न देशका करिब ५ सय विदेशी पर्यटक सहभागि हुने तयारी गरिएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक नवराज अधिकारीले बताए । पोखरा सबै मौसमका लागी भन्ने मुल नाराका साथ हुने महोत्सवमा यसपाली करिब २५ हजार दर्शक भित्रिने भएको अधिकारीले बताए ।

पोखरा क्षेत्रमा हुने गरेको धानखेतिलाई पोत्साहन गर्दै खेतियोग्य भुमिको संरक्षण गर्ने उद्धेश्यले पनि आफुहरुले नगरका विभिन्न क्षेत्रमा हरेक बर्ष असारे रोपाई महोत्सव गर्दै आएको परिषदका अध्यक्ष केदार शर्माले बताए ।उक्त महोत्सवमा साउने प्रतियोगिता, विभिन्न आमा समुह बिच असारे गीत तथा रोपाई प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, महिला÷पुरुष÷विदेशी÷पत्रकारको छुट्टा छुट्टै हिलोमा दौड प्रतियोगिता, स्थानिय एवं कास्कीका उत्कृष्ट किसान सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको अध्यक्ष शर्माले बताए ।

महोत्सव सम्पन्न गर्न करिब १४ लाख ५० हजार खर्च लाग्ने महासचिव कृष्ण प्रसाद भण्डारीले बताए । नेपाल पर्यटन वोर्ड, पोखरा लेखनाथ महानगरपालिका कार्यालय, कृषि विकास कार्यालय, पोखरा उद्योग बाणिज्य संघ लगायतका संघ संस्थाको समन्वय तथा सहयोगमा उक्त महोत्सव हुने भएको भण्डारीले जनाए । असरो रोपाई तथा गित प्रतियोगितामा विजेताले ५ हजार उपविजेताले ३ हजार, तेश्रो हुनेले २ हजार र शान्त्वना हुनेले १ हजार प्राप्त गर्ने भएको छ । साउने प्रतियोगिताको विजेताले ३ हजार उपविजेताले दुई हजार र तेश्रोले एक हजार र शान्त्वनाले ५ सय पुरस्कार पाउने भएको छ । अन्य विजेताहरुलाई ट्रफि र प्रमाणपत्र वितरण गरिने भएको छ ।

महोत्सवमा असारे खाजा तथा आराम गर्ने कक्षको समेत व्याबसथा मिलाइने  भएको छ। महोत्सवमा आगन्तुहरुलाई राम्रो व्याबस्थापन गरिने गरी तयारी गरेको स्थानिय केशव बस्नेत, राम वानियाले बताए । उक्त महोत्सवले नेपाली परम्परा झल्कने काठे हलो, गोरु, हली, वाउसे, लगायतका सामाग्रिहरु प्रयोग हुने भएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button