राप्रपा नेपालको पूर्ण बैठक पोखरामा

पोखरा-

 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्य सम्पादन समितिको पूर्ण बैठक आगामी मङ्सिर ५ देखि ७ गतेसम्म पोखरामा हुने भएको छ। उक्त बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावका बारेमा छलफल तथा पक्ष वा विपक्षमा मतदानका लागि निर्णय हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

सोही बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तुका बारेमा छलफल गरी पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाको खोजी गरिने छ । त्यसैगरी पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन तथा महामन्त्रीले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । संविधान संशोधनका क्रममा मुलुकलाई हिन्दू राष्ट्र कायम गराउन समेत बैठकमा छलफल हुनेछ । पार्टीले पूर्ण बैठक एक पटक काठमाडौँ तथा अर्को पटक काठमाडौँ बाहिर गर्दै आएको छ । रासस

फोटो- The Kathmandu Post

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button