सबैको बिहे गराउने ठेक्का सुन चाँदी व्यवसायीले लिएका छैनन् ! ब्यबसाय बन्द गर्छौ- अध्यक्ष सुनार

गणेश बराल ,
पोखरा-

नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कुमार सुनारले राज्यमा भएका सबैको बिहे  गराउने ठेक्का सुन चाँदी व्यवसायीले नलिएको बताउदै आवश्यक परे सुन चाँदी ब्यबसाय बन्द गर्ने चेतावनी दिएका छन् ।

सुन चाँदी व्यवसायी संघ कास्कीको शनिबार पोखरामा भएको चौथो साधारण सभा तथा दोश्रो महाधिवेसन उद्घाटन गर्दै  सुनारले राज्यले एकलौटी  ढंगले सुन चाँदी सम्बन्धि निर्देशीका लागु  गरेको खण्डमा त्यो आफुहरुलाई मान्य नहुने भन्दै  आफुहरु आन्दोलनमा उत्रिने र ब्यबसायनै ठप्प पार्ने चेतावनी दिएका हुन् । सुन चाँदी व्यवसायीका तर्फवाट दुवै  महासंघले उपयुक्त मस्यौदा तयार पारेको र त्यसलाई मुर्त रुप दिएर सरकार समक्ष छिटै पेश गरिने बताउदै सुनारले त्यसलाईनै  सरकारले मान्यता दिनुपर्ने अन्यथा आफुहरु आन्दोलनमा जाने धम्की दिएका छन् । सरकारले जर्तीमा ५ प्रतिशतसम्म मापदण्ड राखेको भन्दै त्यसलाई  ९ प्रतिशतसम्म पुर्याइनुपर्ने तथा  ज्यालादर खुल्ला राखिनुपर्ने भन्दै सुनारले  गुणस्तर र  तौलको बिषयमा ब्यबसायीले तल माथि नगर्ने ठोकुवा गरे । उनले भने, ” हाम्रा  माग निर्देशीकामा  समावेस नगरे महासंघको तर्फबाट मैले  हस्ताक्षर गर्दिन ,तपाईहरु संगै मिलेर आन्दोलनमा जाने हो  । ”  राज्यले हामीलाई ब्यबसाय गर्ने वातावरण बनाउदैन र सहज प्रकारले कच्चापदार्थ उपलब्ध गराउदैंन भने  हामीले केका लागि राज्यलाइ कर तिर्ने भन्दै सुनारले  राज्य अझै पनि मुकदर्शक बनिरहे टुलुटुलु हेरेर नबस्ने चेतावनी  दिए । आफुहरुलाई राज्यले दैनिक रुपमा दिने गरेको १५ केजी सुन नपुग्ने  बताउदै अध्यक्ष सुनारले कम्तिमा पनि  दैनिक ३०  देखि ३५  केजी सुन आवश्यक रहेको दाबी गरे ।  एका दुइ  व्यवसायीहरुको गल्तीका कारण  सिंगो सुनचाँदी ब्यबसाय क्षेत्रलाइ बेला बेलामा आरोप लाग्ने गरेको बताउदै उनले  कुहिएको वोरामा भएका एक दुइ आलु  फाल्न आफुहरु तयार  हुनुपर्ने बताए ।

कार्यक्रममा आन्तरीक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ शर्माले छुटपुट सुनचाँदी व्यवसायीहरुलाई करको दायरामा आउन आग्रह गर्दै कर नतिरेको सम्पति  लगानी योग्य नहुने  बताए । सांसद शारदा पौडेलले नेपाल सरकारले गर्न नसकेको काम सुन चाँदी व्यवसायीहरुले गरिरहेको उल्लेख गर्दै  ब्यबसायीका समस्या र मागका बिषयमा सरकारले कदम चाल्नुपर्ने बताईन । सुन चाँदी व्यवसायी महासंघका उपाध्यक्ष मोहनकाजी शाक्यले सुन चाँदी ब्यबसाय पौराणिक सिप कला कौशलता संग सम्बन्धित रहेकाले राज्यको नीति निर्माण तहमा रहेका शिक्षित व्यक्तिले सो  क्षेत्रको समस्या बुझ्न नसकेको आरोप लगाए । बर्षेनी भारतीय र बंगाली कालिगढ नेपालमा आएर  १० अर्व बराबरको रकम बाहिर लाने गरेको दाबी गर्दै  शाक्यले कालिगढलाई करको दायरामा ल्याउन सरकारको ध्यान नपुगेको बताए  ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय उद्योग बाणिज्य संघका अध्यक्ष संजिव बहादुर कोईराला, पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराई, महासंघका उपाध्यक्ष  अर्जुन रसायली र ज्ञानराज शाक्य, वैकल्पीक उपाध्यक्ष राम्जी शाह, महासंघका लुम्विनी सदस्य जोगलाल विश्वकर्मा, संघ म्याग्दीका अध्यक्ष दिपेन्द्र कुमार विश्वकर्मा लगायतले आफ्नो धारणा राखेका थिए ।

सुन चाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष चन्द्रकिशोर गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन  महासचिव निर्मल दियाली सुनारले गरेका थिए  ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. यसरी सार्वजनीक स्थान मा पनि कस्तो अभीव्यक्ती दिने।बन्द भन्दा अरु के नै गर्न सक्नु हुनछ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button