आर्मीलाई पन्छाउदै सहारा क्लव आहा रारा गोल्ड कपको फाईनलमा

पोखरा –

घरेलु मैदानमा सहारा क्लवले बुधबार त्रिभुवन आर्मी बिरुद्धको खेलमा जित हासिल गर्दा १५ औं आहा रारा गोल्ड कपको फाईनलमा प्रबेस गरेको छ । गत बर्षको उपविजेता विभागिय टीम त्रिभुवन आर्मी क्लवलाई टाईब्रेरको सिकार बनाउदै आयोजक सहाराले उपाधि होडमा फाईनलमा यात्रा तय गरेको हो ।

पोखरा रंगशालामा हजारौं दर्शकहरु माझ बुधबार भएको पहिलो सेमि सेमिफाईनल खेलमा सहाराले आर्मीलाई टाईब्रेकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै आहा राराको तेश्रो पटक फाईनलमा यात्रा तय गर्न सफल भयो। ९० मिनेटको निर्धारित समय र थपिएको ३० मिनेटमा पनि दुबै तर्फ खेल गोल रहित बराबरीमा टुंगिए पछि निर्णायकको लागि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकरमा आर्मीका दिपक गुरुङ र गोलरक्षक विकास कुथुले गोल गर्न नसके पछि यसपाली आहा राराको उपाधि चुम्ने सफना आर्मीको विफल भएको हो । गुरुङले प्रहार गरेको पेनाल्टी सुट पोष्ट माथिबाट बाहिरिएको थियो भने गोलरक्षक विकास कुथुले प्रहार गरेको पेनाल्टी सुट सहाराका गोलरक्षक सुजित गुरुङले उत्कृष्ट बचाउन गरेका हुन । टाईब्रेकरमा सहाराका सुसन गुरुङ, शिव सुवेदी, प्रदिप गुरुङ, र कप्तान उत्तम गुरुङले गोल गरे । तर लक्ष्मण जिसीले प्रहार गरेको पेनाल्टी सुट विपक्षि गोलरक्षक विकास कुथुले बचाउ गरे । आर्मीका जितेन्द्र कार्की, सन्तोस तामाङ र दिप कुमार लामाले पेनाल्टी सुटमा गोल गरेका थिए । खेलमा म्यान अफ दी म्याच सहाराका गोलरक्षक सुजित गुरुङ घोषित भए । उनले सहारा युकेद्धारा प्रायोजित ट्रफीको साथमा नगद ३ हजार पुरस्कार प्राप्त गरे ।

निर्धारित समय आर्मीको दबाबमा परेको सहाराले डिफेन्स क्षेत्र मजबुद पार्दा गोल हुनबाट बचाएसंगै अतिरिक्त समयमा आर्मीलाई केहि दबाबमा पारे पनि पाएका अवसरहरु खेर जादा निर्णय टाइब्रेकरमा कुर्नु पर्यो । खेलको ८ औं मिनेटमा दिप कुमार लामाले करीब २० यार्ड नजिकबाट पोष्ट तर्फ प्रहार गरेको वल फष्टवार नजिकै पुग्दा गोलरक्षकले बचाउ गरे। पहिलो हापको अन्तिम समयमा दिप कुमार लामाले करीब १० यार्ड नजिकबाट पोष्टमा प्रहार गरेको वल गोलरक्षकले पन्च गरी बाहिर फालेका थिए । पहिलो हापको ईन्जुरी समयको २ मिनेटमा करीब ३० यार्ड नजिकबाट विकास तामाङले पोष्टमा चार्ज गर्दा गोल रक्षकले बचाउ गरे। खेलको ५३ औं मिनेटमा विकास तामाङको कर्नर वललाई कप्तान भरत खवासले हेड गर्न खोज्दा हेडफिल्क हुदै वल बाहिरिएको थियो ।

आर्मीले पाएका धेरै अवसरहरु सदुपयोग गर्न नसक्दा आहा राराको उपाधि जित्ने लक्ष्य यस बर्ष पनि अधुरै भयो । सहाराका शिव सुवेदीले खेलको ६ मिनेटमै पोष्टमा प्रहार गरेको वल सेकेण्ड बार हुदै बाहिरिएको थियो। निर्धारित समयको अन्तिम अबस्थामा कप्तान उत्तम गुरुङले प्रहार गरेको कर्नर वल गोललाईनमा धुलमुलमा ड्रप भई रहदा विपक्षि गोल रक्षकले समाउन सफल भए । सहाराका विदेशी खेलाडी वविले आर्मीका कप्तान भरत खवासलाई मैदानको करीब मध्य भागमा लडाए पछि रेफ्रि सुदिस कुमार पाण्डेले वविलाई रेड कार्ड देखाउदै मैदानबाट बाहिर पठाएका थिए । यस बर्षको आहा रारामा पहिलो रातो कार्ड पाउने सहाराका ववि हुन । फाईनल खेलमा भरपर्दा डिफेन्स ववि विना सहारा मैदानमा उत्रिने भएको छ ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले पहिलो हापमा गोल गर्ने धेरै प्रयास गर्दा गर्दै सहाराले डिफेन्सिप (रक्षापंति) रणनितिमा खेलेकोले गोल गर्न नसकेको बताए । उनले भने “सहाराले हाम्रो खेलको रणनिति नै विगार्यो, जसले गर्दा हामीले गोल गर्न सकेनौं, आक्रमक शैलिमा उत्रिएका हुनाले अतिरिक्त समयमा खेलाडीहरु बढी थाकेका थिए।” सहाराका प्रशिक्षक किरण श्रेष्ठले आर्मीको सेट टिम भएकोले आफुहरुले उनीहरु बिरुद्ध सुरु बाटै डिफेन्सिप रणनितिमा खेलेकोले जित टाइब्रेकरबाट हुन सफल भएको बताए । उनले भने “ आजको खेलमा दर्शकहरुले पनि हामीलाई साथ दिनु भयो, मेरो रणनितिमा खेलाडीहरुले राम्रोसंग खेले त्यसका कारण जित हाम्रो पोल्टामा पर्न गयो, फाईनल खेल जित्ने रणनितिका साथ पोखरेली दर्शकहरुको लागि थप सुधार गरी खेल्ने तयारी गर्दैछौं ।” तीन पटकसम्म फाईनलमा पुगेर पनि उपविजेतामै सिमित भएको आर्मीले यस पाली सेमिफाईनलबाटै यात्रा टुङगायो । ७ औं, र ८ औं मा नेपाल पुलिससंग फाईनलमा पराजित भएको आर्मीै गत बर्षको आहा राराको फाईनलमा मनाङसंग पराजित भएको थियो ।

भोलि (विहिबार) दोश्रो सेमिफाईनल खेल डिफेण्डिङ च्याम्पियन लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी बिरुद्ध सी एम जी संकटा क्लव बिच हुने भएको क्लवका महासचिव केशवराज बरालले बताए । समुह बीमा रहेको मनाङले धरान फुटवल क्लवलाई पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाउदा संकटा क्लवले बंगलादेशको नारायणगञ्ज फुटवल क्लवलाई पराजित गर्दै सेमिफाईनलमा यात्रा बनाएको हो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button