पोखरेली सहारा क्लव हेटौंडा गोल्ड कपको सेमिफाईनलमा

डीएनबी,
पोखरा-
पोखराको सहारा क्लव हेटौंडामा जारी हेटौंडा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ को सेमिफाईनलमा प्रबेस गरेको छ ।

हेटौंडाको फरेष्ट्री खेल मैदानमा मंगलबार भएको खेलमा पहुना टोली भारतको दिल्ली युनाईटेडलाई सहाराले टाईब्रेकरमा ३–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयमा दुबै तर्फ एक एक गोलले खेल बराबरीमा टुङगिए पछि अतिरिक्त समय थप्दा प्रकाश नपुग्ने भएकोले प्रतिकुल मौसम हुने भएकोले टाईब्रेकरबाट निर्णय भएको हो ।

निर्धारित समयमा एक गोलले पछि परेको सहाराको तर्फबाट रिचार्ड पुनले गोल फर्काउदै खेल बराबरमा पुराएका हुन । टाइईब्रेकरमा सहाराका गोल रक्षक सुजित गुरुङले ३ वटा टाईबे«ेकरको सुट बचाउन सफल भएभने शिव सुवेदी, विष्णु गुरुङ र प्रदिप गुरुङले गोल गरे । यही पुष २१ गते विहिबार मनाङ मस्र्याङदी क्लवसंग पहिलो सेमिफाईनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएको छ । सहाराले यस अघि नेपाल पुलिसलाई २–० ले पराजित गरेको थियो । भोलि बुधबार अन्त्मि क्वाटरफाईनल खेलमा त्रिभुवन आर्मी बिरुद्ध संकटा क्लव विच खेल हुने भएको छ ।

विजेता टिमले दोश्रो सेमिफाईनल खेलमा आयोजक हेटौंडासंग प्रतिष्प्रर्धा गर्ने भएको छ । आफुना खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेकोले भारतको बी डिभिजनको क्लवलाई टाईब्रेकरको सहायताबाट जित निकाल्नु परेको सहाराका प्रशिक्षक किरण श्रेष्ठले पोखरान्युज डटकम लाइ बताए । आफ्ना भरपर्दा खेलाडी उत्तम गुरुङ घाईते भएकोले गर्दा जित कठिन भएको उनले जनाए । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा उक्त प्रतियोगिता हेर्टौंडामा भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button