तमु धिँ नेपालका अध्यक्ष कर्माद्धारा सहारा एकेडेमीलाई एक लाख सहयोग

पोखरा-

तमु धिँ नेपालका अध्यक्ष कर्मा तमुले सहारा एकेडेमिको अक्षयकोष स्थापनाको लागि एक लाख एक हजार १ सय ११ रुपैया सहयोग रकम हस्तान्तरण गरेकी छन ।

पोखरामा जारी १५ औं आहा रारा गोल्ड कपको अवसरमा बुधबार अध्यक्ष तमुले बुधबार पोखरा रंगशालामा क्लवका अध्यक्ष बिरभद्र आचार्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन ।

त्यसै गरी कास्की समाज कोरियाका अध्यक्ष खुम बहादुर गुरुङले १० हजार आर्थिक सहयोग गरेका छन । त्यस्तै कास्की समाज जापानबाट तथा पुर्व राष्ट्रिय खेलाडी वसन्त गौचन र अमृत आचार्यले ३० हजार आर्थिक सहयोग गरेको क्लवले जनाएको छ ।

उक्त प्रतियोगिता र विभिन्न दाताबाट क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरण पोषणमा खर्च गरिदै आएको बरिष्ठ उपाध्यक्ष एंव प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button