मैत्रिपुर्ण फुटवलमा सहारा युके विजयी

पोखरा- 

सहारा युकेको भेट्रान्स टिम र पोखरा भेट्रान्स बिच सुक्रबार भएको मैत्रिपुर्ण फुटवल खेलमा सहारा युके विजयी भएको छ । सहारा युकेले पोखरा भेट्रान्सलाई ३–० ले पराजित गरेको हो ।

सहारा युकेको जितमा मनकाजी गुरुङ, मीन गुरुङ (साईला) र महेश गुरुङले एक एक गोल गरेका हुन । पोखरा भेट्रान्सले खेलको अन्तिम समयमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्न नसक्दा शान्त्वना गोल गर्न पनि सकेन । राष्ट्रिय फुटवल प्रशिक्षक समेत रहेका कृष्ण थापाले प्रहार गरेको पेनाल्टी सुट वारमा लागेर फर्किएको थियो । सहारा युकेका लालकाजी गुरुङले कृष्ण थापालाई पेनाल्टी एरिया नजिक लडाए पछि रेफ्रि विश्व तण्डुकारले पेनाल्टीको अवसर दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button