हङकङ निवासी गुरुङ बाट आर्थिक सहयोग

सहारा एकेडेमी चेन्जिङ रुम निमार्ण हुने

पोखरा- 

सहारा एकेडेमीमा फुटवल खेलाडीहरुको लागि चेन्जिङ रुम समेत निमार्ण हुने भएको छ । करीब दुई करोडको लागतमा सहारा एकेडेमी सहित फुटवल मैदान निमार्ण भई सकेको एकेडेमीमा करीब १० लाख मुल्य बराबरको चेन्जिङ रुम समेत निमार्ण हुने भएको सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।

कानुन व्यवसायी तथा समाजसेवि हङकङ निवासी देव गुरुङले एकेडेमीमा चेन्जिङ रुम निमार्णको लागि आइतबार सहयोग हस्तान्तरण गरेका छन । दोहोरी गायक समेत रहेका गुरुङले २ लाख ५१ हजार एक सय रुपैया सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यलाई आहा रारा गोल्ड कपको दोश्रो क्वाटरफाईनल खेलको क्रममा आइतबार पोखरा रंगशालामा हस्तान्तरण गरेका हुन । यस अघि गुरुङले १३ औं र १४ औं आहा रारा गोल्ड कपको अवसरमा क्लवलाई ५० हजार भन्दा माथि सहयोग गर्दै आएका छन । साथै उनले एकेडेमीको अक्षयकोषमा समेत सहयोग गरेका छन ।

सहारा ऐकेडेमीको भौतिक संरचना निमार्णमा सहयोग गर्ने प्रति धन्यवाद दिदै क्लवका अध्यक्ष आचार्यले एकेडेमीको अक्षयकोषमा थप सहयोग तथा अन्य सहयोग गर्ने प्रति पुनः आव्हान समेत गरेका छन । प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने बरिष्ठ उपाध्यक्ष एंव प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button