संसोधन प्रस्तावमाथि एक हप्ता भित्रमा छलफल हुन्छ–नेता श्रेष्ठ

पोखरा-

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले संविधान संसोधन प्रस्ताव एक हप्ता भित्रमा छलफल हुने बताएका छन ।

मंगलबार पोखरामा भएको नेपाली कांगे्रस कास्कीको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा वोल्दै नेता श्रेष्ठले केही दलहरु बिच अनौपचारीक छलफल भएकोले संविधान संसोधन प्रस्वावको विषयमा यो हप्ता भित्र छलफल तयारी भएको हुने दाबी गरेका हुन । नेता श्रेष्ठले सिमाङकन प्रस्ताव ल्याउदा पनि एमालेले उचालेको आरोप लगाए । हालको संक्रमणकालिन अवस्थामा पुरानै निर्वाचन प्रणालीबाट निर्वाचन गराउन पनि संविधान संसोधन आवश्यक भएको बताएका नेता श्रेष्ठले संविधान जारी गर्दा जुटेका मुख्य तीन पार्टी कांगे्रस, एमाले माओबादी केन्द्र पुनः मिल्नुको विकल्प नभएको दोहोराए ।

उनले आगामी २०७४ माघ ७ गते भित्र तीन तहको निर्वाचन नभए जारी संविधान कान्वयन नहुने बताए । उनले भने “२०७४ माघ पहिलो हप्ता भित्र तीन वटा निर्वाचन स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा हुन नसके जारी गरेको संविधान कान्वयन हुन सक्दैन, ठुलो वलिदानबाट हासिल गरेका उपलब्धीलाई संस्थागत गर्न पनि निर्वाचन आवश्यक छ ।” आगामी चैत्र, वैशाख भित्रमा स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा हुनुपर्ने बताउदै उनले हाल देशमा उत्पन्न भएको विवादलाई अन्त्य गर्न देशका मुख्य तीन दल एकै स्थानमा आउन आग्रह गरे । उनले भने “ संविधान संसोधन गर्न सकिन्छ, मधेष, थारु लगायतका जातिहरुको माग पुरा गराउन हामीले संविधान संसोधनको प्रस्ताव दर्ता गराएका हौं तर एमालेले नेकपा एमालेले यसैलाई मुद्धा वनायर उचालेको छ ।

” जनताको माग अनुसार हाल प्रास्ताव गरीएको ७ प्रदेशबाट बढाउन पनि सकिने उनले प्रतिकृया दिए । उनले भने “ एमाले खाली कुर्ची र पदको कारण आन्दोलन गर्छ, बहुभाषिक, बुहजाति यो देशमा सवै जातिका मागलाई सम्वोधन गरी संविधान संसोधन गर्नुपर्दछ, जनताको माग बढे १० प्रदेशसम्म जान सक्छ, भारतमा पनि विस्तारै प्रदेश बढ्दै गएको हो । ” पार्टी भित्र गुट उपगुटले गर्दा देशलाई असर पारेको बताउदै उनले नेपाल तरुण दलको महाधिवेसनमा पनि भागवण्डा भएकोले नराम्रो सन्देश गएको जनाए । नेपाली कांगे्रेसका नेता सुक्रराज शर्माले कांग्रेस हाल दिशा विहिन जस्तो भएको आरोप लगाउदै कांगे्रसले राम्रो नेतृत्व गर्न नसक्दा देश हाल संकटमा परेको दाबी गरे । उनले भने“ देशमा कम्युनिष्ट बढी भएर देश संकटमा परेको हो, यसलाई कांगे्रसले नियन्त्रणमा लिनुपर्दछ ।” नेपाली कांगे्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button