संचिताले जीवनसँग मिलेर गरीन्, यस्तो आग्रह (हेर्नुहोस् भिडियो)

पोखरान्युजडटकम –

नायिका संचिता लुईटेल फेरी अभिनय क्षेत्रमा फर्किएकी छिन् । दुई सन्तान हुर्काएर उनी अभिनय क्षेत्रमा फर्किएकी हुन् । भर्खरै सिने क्षेत्रमा फर्किकी संचिताले जीवन लुईटेलसँग जोडी बाँधीएर पुनर्निर्माणका लागि उठ्न सबैसँग आग्रह गरेकी छिन् ।

डा. भीष्म कुमार भूसालको शब्द रहेको ”“अब उठ जाग” बोलको गीतमा अभिनय गर्दै उनीहरुले जनताको नामको रकम भ्रष्टाचार नहोस् भन्दै खबरदारी गरेका छन् । पुनर्निर्माणका लागि युवा पुस्ताहरु नै उठ्नु पर्ने सन्देश बोकेको यस गीतलाई डा. भीष्म कुमार भूसालले लेखेका हुन् । उनको पुनर्निर्माण सम्बन्धी यो प्रण बोलको गीत यसअघि नै सार्वजनिक भइसकेको छ । पुनर्निर्माणमा युवाहरु जुटेर उठेमा भूकम्पले भत्काएका संरचना बनाउन समय नलाग्ने गीतको भाव छ । राष्ट्रिय भावना बोकेको यस गीतमा बसन्त सापकोटा संगीत छ भने रामकृष्ण ढकाल र स्मीता दाहालको स्वर रहेको छ ।

वल्र्ड भिजन इन्टरनेश्नल नेपालको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेको यो गीतलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । सुदीप बरालको छायाँकन, अमन मानन्धरको सम्पादन रहेको गीतको भिडियो यस्तो छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button