पोखराको सस्तो बजार विवाद, कसको भनाई ठिक ?

व्यवसायी गर्छन टेण्डर खारेजीको माग , टेण्डर पारेका खतिवडा भन्छन प्रसासनले सहयोग गरेन

पोखरा-
पोखराको पृथ्बीचोक, नयाँबजारमा रहेको सस्तो बजारका व्यवसाययिहरुले टेण्डर खारेजीको माग गरेका छन । यता टेण्डर पारेका युवा व्याबसायिले भने प्रशाससनले सहयोग नगरेको कारणले गर्दा आफुहरुले उक्त बजार उपभोग गर्न बन्चित भएको गुनासो गरे ।
आईतबार सस्तो बजार व्याबस्थापन समिति तथा टेण्डर पारेका युवा व्यवसायि युवराज खतिवडाले पोखरामा छुट्टा छुट्टै पत्रकार सम्मेलनको आयोजना गरी आ–आफ्नो तर्क राखेका हुन ।
जग्गा टेन्डर गर्दा अनियमितता भएको भन्दै व्यवसायीहरुले नेपाल वायु सेवा निगम क्षेत्रिय कार्यालय र टेन्डर हाल्ने बीच मिलेमतो भएकोले आफूहरु कुनै पनि हालतमा दोश्रो पक्षबाट उक्त जग्गा भाडा नतिर्ने दाबी गरे । मनोमानी ढंगले टेन्डरको आंतक मच्चाएर २ सय १७ जना साना स्वरोजगार व्यावसायीहरुको पेशा जोखिममा पार्ने काम भएकोले बजारका संरक्षक शिव खनालले बताए । उनले भने “ हाम्रोे इमान्दारीतामा दलालहरुले प्रवेश गरे हामीले सहेर बस्न सक्दैनौं, हामीले सिधै निगमलाई आवश्यक भाडा तिर्न तयार छौं तर दोश्रो पक्षलाई लाखौं खुवाउने गरी हामी तिर्न तयार छैनौं । ” नियम संगत तरिकाले फुटपाथ व्यवसायीसँग गरिएको सम्झौता अनुसार व्यवस्थित गर्न उनीहरुले नगरपालिका र सम्बन्धीत निकायहरुसँग माग समेत गरेका छन ।  उनीहरुले नेपाल वायु सेवा निगमले गरेको टेन्डर खारेज गरी सिधै व्यवसायीले निगमलाई भाडा बुझाउने वातावरण बनाउन आग्रह गरेका हुन ।

खतिवडाले आफुले सरकारको नियम पालना गर्दै लाखौं रकम तिरेर आफुले संचालन गर्न पाउने अधिकार प्रयोग गर्न बन्चित भएको गुनासो गरे । उनले भने “ मैले लाखौं खर्चीयर पारेको टेण्डरमा हाल प्रहरी प्रशासनले सहयोग गर्दैन, व्यवसायीहरुलाई उल्टै दलाली व्यवसायीहरुले उचालेका छन, मैले हालको भन्दा पनि कम भाडा लिने गरी भाडा लिने तयारी गर्दा मलाई मैले उपभोग गर्न पाउने ठाँउमा जान समेत दिईएको छैन, यस्तो अबस्थामा यो राज्य अनि प्रशासन कहाँ छ ।” आफ्नो घर जग्गा नै बैंकले लिलाम गर्न लागेको ले आफुले पारेको टेण्डरको सो क्षेत्रमा प्रयोग गर्ने वातवरण मिलाउन उनले आग्रह समेत गरेका छन ।
नेपाल वायु सेवा निगम, क्षेत्रिय कार्यालय पोखराको २ हजार ६ सय ३२ बर्ग मिटरको क्षेत्रफलमा रहेको जग्गा खतिवडाले ५ बर्षको लागि सुर्य दील गु्रप ईन्भेष्टमेन्टबाट सम्झौता गरेका छन । उनले गत कार्तिक १ गते मासिक ११ लाख रुपैया निगमलाई तिर्ने गरी सम्झौता भए पनि हालसम्म सो क्षेत्रमा व्यवसायीहरुबाट एक रुपैया पनि उठाउन नपाएको खतिवडाले गुनासो गरे । पटक पटक स्थानीय प्रशासनसंग उक्त जग्गा उपयोग गर्ने वातावरण सृजना गर्न माग गर्दा सुनुवाई नभएको र फागुन ३ गते आफ्नो टेण्डर पारेको स्थानमा जान खोज्दा उल्टै व्यवसायीहरुको ढुंगा खानु परेको उनले गुनासो गरे । व्यवसायीहरुले टाउकोमा ढुंगा प्रहार गर्दा खतिवडाको टाउकोमा ४ वटा टाका लगाइएको थियो ।
सुर्य दील गु्रपका तर्फबाट राजेन्द्र बहादुर गोर्खाली र बायु सेवा निगम क्षेत्रिय कार्यालयका प्रवन्धक विजयबहादुर बस्नेतले ५ बर्षको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सुर्य दील गु्रपले युवा व्यवसायी एवं फेवा एग्रिकल्चर प्रा.लि.सिद्धार्थचोकमा संचालन गरेका युवराज खतिवडालाई सस्तो बजार संचालनको लागि टेण्डर प्रकृया देखि नै अख्तियारी दिएको छ ।
यस अघि भरत गुरुङको अकिरा एण्ड आकृति प्रा.लि.ले २०६९ साल देखि २०७२ चैत्र मसान्तर ५ बर्ष सम्मको लागि टेण्डर दिएको थियो । निगमले २०७२ माघ १७ गते नयाँ टेण्डरको लागि बोलपत्र आह्वान गरेको थियो । ३१ वटा विभिन्न कम्पनिहरुले मध्य ४ वटा सस्तो बजार भित्रकै व्यवसायिहरु रहेका थिए । खतिवडाले निगमलाई ६६ लाख रुपैया सम्झौता पछि धरौटी बुझाएका छन भने कार्तिक देखि मासिक रुपमा ११ लाख भाडाको शुल्क समेत तिर्नै आएको बताए । उनले भने “ नेपाल सरकारको नियम भित्र रहेर पारेको टेण्डरमा आज मैले कुनै उपभोग गर्न नदिने यो कस्तो प्रसासन हो, के हामीले गरी खान पाईदैन, होईन भने किन टेण्डर आह्वान गरीयो, सरकारी जग्गामा कसैले मनोमानि गर्दा प्रसासन किन मौन छ । ”
सस्तो बजार संचालन गर्न पहिला टेण्डर पारेका गुरुङले मासिक ६३ हजार रुपैया निगमलाई तिरेर व्यवसायीहरुसंग ७ लाख रुपैया अशुल्दै आएकोले आफुहरुले निगमलाई सिधै भुक्तानी गर्ने गर्ने सस्तो बजार संचालन गर्न आफुहरुलेनै पाउनु पर्ने खनालले बताए । टेण्डर पारको खतिवडाले भने आफुले दुई तलासम्म वनायर सस्तो बजारलाइ व्यबस्थित पारी हालको मुल्यमा धेरै फरक नपर्ने गरी शुल्कः लिने तयारी गरेको बताए । यस बिषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले टेण्डर दिएको निकाय वायु सेवा निगम चुप लागेर बसेकोले आफुहरुले अन्य व्यक्तिले भने अनुसारको काम गर्न नसक्ने बताए । उद्यपी उनले वार्ताको लागि विभिन्न राजनीतिक दल तथा पोखरा उद्योग बाणिज्य संघलाई समन्वय गर्न आग्रह गर्दा गर्दै हालसम्म सवैलाई एकै टेवलमा राख्ने वातावरण मिल्न नसकेको जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button