रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलद्धारा विद्यार्थीलाई छात्रवृत्ती

पोखरा –

रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले र लेभल नेक्सट इभेन्ट मेनेज्मेन्ट कम्पनी प्रालिले सयुक्त रुपमा विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेका छन् । समाजिक दायित्व वहन गरि फिस्टेल लिटरेसी फन्ड अन्तर्गत १२ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको हो । लेभल नेक्सटले आयोजना गरेको यलो पुल पार्टीबाट बचत गरेको केही रकम सो छात्रवृत्तीलाई छुट्याएको हो ।

क्लबले सरस्वती मावि नागढुङगा, बाराही उमावि मालेपाटन, उदय मा वि धम्पुस र धारापानी मा वि ढिकुरपोखरीका १२ जना विद्यार्थीलाई छात्रवृत्ती वितरण गरेको हो । कार्यक्रमका प्रमूख अतिथि रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष नर बहादुर गुरूङले क्लबले शिक्षा क्षेत्रमा मात्र नभएर समाजिक क्षेत्रमा पनि उतिकै योगदान दिएको बताए । यस्तो कार्यक्रम आगमी दिनमा पनि अझ सशक्त रूपमा अघि बढ्न समेत आग्रह गरे ।

help

कार्यक्रममा विशिष्ट अतिथि रोटरी नेपाल लिटरेसी मिसन कमिटी रिजनलको अर्डिनेटर रोटरीयन विनोद चन्द्र बरालले यस्तो कार्यक्रमले विद्यार्थीलाई निकै सहयोग पुरयाउने विश्वास व्यक्त गरे ।

क्लबले आगमी दिन शिक्षाको क्षेत्रमा अन्य कार्यक्रम समेत ल्याउने प्रतिवद्धता रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष्य सुजन गुरूङले गरिन् । यस्तो कार्यक्रम गर्न प्रेरण दिने र सहयोग गर्ने सबैलाई अध्यक्ष गुरुङले आभार प्रकट गरिन् । कार्यक्रमको संचालन पोखरा फिस्टेलका सचिव प्रतिभा केसीले गरेकी थिइन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button