पोखरामा स्कुल बस दुर्घटना हुदा आठ विद्यार्थी घाइते

पोखरा-

पोखरा उपमहानगरपालिका–१९ लामाचौरस्थित अकला मन्दिर नजिक बुधवार  साँझ विद्यालयको बस दुर्घटना हुँदा आठ विद्यार्थी घाइते भएका छन् ।

एल एन्जेल विद्यालयको ग १ क २२०६ नं को बस सो ठाउँको नालीमा पल्टिएको हो । दुर्घटनामा घाइते विद्यार्थीको फिस्टेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते सबै विद्यार्थी खतरामुक्त रहेको बताइएको छ ।

प्रहरीले बस चालक विष्णुप्रसाद आचार्यलाई नियन्त्रणमा लिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button