साँतौ राष्ट्रिय खेलकुदका लागी पश्चिमाञ्चल छनोट मंसिर २० देखि

पोखरा १७ मंसिर –

पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी पश्चिमाञ्चलस्तरीय क्षेत्रीय छनोट खेलकुद प्रतियोगिता सोमबारदेखि पोखरा रगंशालामा हुने भएको छ । मंसिर २० देखि ३० गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन पोखरा रगंशालामा भब्य रुपमा गरिने आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । शुक्रबार सम्पन्न समितिको बैठकले विभिन्न खेलका संयोजक र प्रतियोगिता स्थलसमेत तोेकेको छ । प्रतियोगितामा २४ खेल संचालन हुने छन् ।

जसअन्र्तगत कास्कीमा फुटबल पुरुष ÷महिला,क्रिकेट महिला÷पुरुष, एथलेटिक्स, बक्सिङ्ग,टेबलटेनिस, बास्केटबल, ह्याण्डबल र फुलकन्ट्याक्ट कराँते प्रतियोगिता संचालन हुने छन् । त्यस्तै म्याग्दीमा महिला तथा पुरुष भलिबल, कराँते प्रतियोगिताको छनोट खेल हुने छ । तेक्वान्दो तनुहँ, कवड्डी नवलपरासी,ब्याडमिन्टन गुल्मी, बृद्धिचाल पाल्पा, आईटिएफ बाग्लुङ,खोखो रुपेन्देही,उसु चितवन, भारोत्तोलन नेपालगन्ज, शुटिङ बाग्लुङमा संचालन हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न फुटबल खेल संयोजकमा पूर्ववरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा, एथलेटिक्स संयोजक क्षेत्रीय सदस्य देवेन्द्र बास्तोला, महिला पुरुष भलिबल क्षेत्रीय सदस्य देवेन्द्र केसी, पश्चिमाञ्चल भलिबल संघ अध्यक्ष छ्यामबहादुर थापा, कराँते खेल संयोजकमा क्षेत्रीय सदस्य सम्पन्न श्रेष्ठ, तेक्वान्दो खेल संयोजक जगन गुरुङ अध्यक्ष कास्की जिल्ला तेक्वान्दो संघ, बास्केटबल संयोजक जुम प्रसाद गुरुङ बास्केटल संघ उपाध्यक्ष नेपाल, संयोजक कबड्डी बसन्त गहतराज क्षेत्रीय कोषाध्यक्ष, बक्सिङ संयोजक राजेन्द्र पहारी क्षेत्रीय सदस्य, ब्याडमिन्टन संयोजक चन्दै गैरे क्षेत्रीय सदस्य, टेवलटेनिस संयोजक उत्तम जोशी कास्की जिल्ला टेवलटेनिस अध्यक्ष, बृद्धिचाल संयोजक चन्द्रमणी गैरे क्षेत्रीय सदस्य, ह्याण्डबल संयोजक केशव पाठक नेपाल ह्याण्डबल सचिव, कुस्ती संयोजक बसन्त गहतराज, खोखो संयोजक चित्र थापा, जुडो संयोजक पकाशमान सिंह अधयक्ष कास्की जिल्ला जुडो संघ, आईटिएफ तेक्वान्दो संयोजक सम्पन्न श्रेष्ठ क्षेत्रीय सदस्य, फुटकन्ट्याक्ट कराँते संयोजक दिपकबहादुर गोदार कोषाध्यक्ष कास्की जिल्ला खेलकुद विकास समिति, क्रिकेट संयोजक राजकुमार गुरुङ सदस्य क्षेत्रीय खेलकुद र सुटिङ खेल संयोजक सम्पन्न श्रेष्ठ क्षेत्रीय सदस्य रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button