बडादशैँका लागि मुस्ताङबाट महँगा भेडाच्याङ्ग्रा ल्याइए

पोखरा न्युज ।

बडादशैँका लागि मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगो भएको छ ।

भक्तपुरको सल्लाघारी ल्याइपुरयाइएका भेडाच्याङ्ग्रा महँगो भएपछि उपभोक्ताको चापसमेत कम भएको छ । यस वर्ष यहाँका च्याङ्ग्रा प्रतिकिलो रु ६७५ देखि रु ७०० सम्म र भेडा प्रतिकिलो रु ६०० मा बिक्री भएको छ । मुस्ताङमै भेडाच्याङ्ग्रा महँगो भएकाले यस वर्ष ल्याइपुरयाएको च्याङ्ग्राको मूल्य पनि महँगो भएको सिन्धुपाल्चोकका व्यापारी रमेश खड्काले बताउनुभयो ।

मुस्ताङको घार(बथान)मै एउटा च्याङ्ग्राको रु १५ हजारदेखि रु २२ हजारसम्म तिर्नुपरेकाले महँगो भएको उहाँको भनाइ छ । त्यसमाथि पनि जोमसोम, घासा र तातोपानीमा कर तिर्नुपरेको तथा ढुवानी खर्चसमेत बढी परेपछि महँगो भएको हो । सल्लाघारीमा करिब दुई हजार च्याङ्ग्रा र ७०० भेडा ल्याइएको छ । अर्का व्यापारी विष्णुभक्त श्रेष्ठले गत वर्ष प्रतिकिलो रु ६५० मा च्याङ्ग्रा र भेंडा करिब रु ५५० मा बिक्री गरिएको बताउनुभयो ।

खसी र बोका भने यहाँ प्रतिकिलो रु ५०० मा बिक्री भइरहेको छ । विगतका वर्षमा भेडाच्याङ्ग्रा ल्याउनेबित्तिकै उपभोक्ताको भीड लाग्ने भए पनि यस वर्ष भने आजसम्म थोरै मात्र उपभोक्ता आएको व्यापारी श्यामभक्त श्रेष्ठले बताउनुभयो ।
रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button