पोखरा न्युज ।
नेपालि सांगीतिक क्षेत्रकी चर्चित श्रीदेवी देवकोटा र गायक दिपक थापा मगरको आवाजमा “उम्लेको दुध ” बजारमा आइपुगेको छ ।
उमेर पुगेका केटा र उमेर पुगेकी केटिमा उत्पन्न हुने प्रेम भाव साथै उताउलो अभिव्यक्तिलाई गितमा समेटिएको छ । उमेर पुगेपछि मानविय गुण नै एक अर्का प्रति आकर्षण हुने गर्छ। यसैलाई समेटेर प्रशाद डिजिटल म्युजिक प्रा लिको प्रस्तुतिमा रामचन्द्र तामाङ र सावित्री तामाङको प्रस्तुतीमा “उम्लेको दुध ” ने्पाली लोक दोहोरीमा गितको भिडियोलाई बजारमा ल्याइएको छ ।
लोकप्रिय गितमा शब्द संगित मोहनी प्रसाद लामीछानेको रहेको छ भने गितको भिडियोलाई काजिस श्रेष्ठको निर्देशन गरेका छन । रिना , श्याम नरेन्द्रको अभिनयले अझ गितलाई मनछुने बनाएको छ । सागर गौतमले छायाङकन गरेको भिडियोलाई अविनास डीसीले ले सम्पादन गरेका हुन।