कार्यकारी राष्ट्रपतिको पक्षमा पोखरामा हस्ताक्षर अभियान शुरु हुँदै

पोखरा-

नयाँ शक्ति पार्टीले संविधान संशोधनमार्फत जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा जनदबाब सिर्जना गर्न देशव्यापीरुपमा हस्ताक्षर अभियान शुरुभएको हुँदा पोखरामा पनि उक्त अभियान शुरु हुने भएको छ । यहि माघ ८ गते शनिबार बिहान ८ बजे हस्ताक्षर अभियान उद्घाटन कार्यक्रम हुने भएको हो । पृथ्वीचोक पोखरा मलअगाडी गर्न लागिएको उक्त पोखराको अभियान उद्घाटन कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सहसंयोजक महेश कर्मचा आउने कुरा कास्की जिल्ला संयोजक हेमबहादुर थापाले जानकारी दिएका छन् ।

विगत २५ वर्षमा २३ वटा सरकार परिवर्तन भइसकेको र संविधान जारी भएको एक वर्षभित्र मात्रै तीन वटा सरकार परिवर्तन भइसकेको सन्दर्भमा यसबाट देशमा कुनै राजनीतिक स्थिरता र स्थायित्व हासिल हुन नसक्ने जनाउँदै आर्थिक समृद्धिको सपना र अठोट पूरा गर्नका निम्ति शासकीय स्वरुपमा परिवर्तन गर्न कार्यकारी राष्ट्रपतिको आवश्यक भएकाले जनदवाबका लागि हस्ताक्षर अभियान राखिएको नयाँ शक्तिले जनाएको छ ।

नयाँ शक्तिले माघ महिना अवधिभर चल्ने घरघरमा नयाँ शक्ति अभियानसँगै जनस्तरबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा १० लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने योजना अनुरुप अभियानको सुरुवात गरेको हो । नयाँ शक्तिले काठमाडौंसँगै यो अभियान देशव्यापी रुपमा सबै जिल्लाहरुबाट सुरु भएको जानकारी दिएको छ । कास्की जिल्ला संयोजक थापाले माघ महिना भरि गरिने हस्ताक्षर अभियानको उद्घाटन कार्यक्रममा सहभागिताका लागि सम्पूर्णलाई अनुरोध गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button