पोखरामा कांग्रेसको तेश्रोधार सक्रिय – २६ गते सिटौलाले सम्बोधन गर्ने

पोखरा – 
सम्पन्न १३ औ महाधिवेसन पश्चात नेपाली कांग्रेसमा तेश्रो धारका रुपमा उदाएको सिटौला समूह जिल्ला जिल्लामा आफुलाई सक्रिय बनाउन थालेको छ । खास गरी भातृ संगठनहरु नेपाल विद्यार्थी संघ र महिला संघको महाधिवेसनमा समेत आफ्नो हिस्सा दाबी गर्दै कतिपय पद हत्याउन सफल उक्त समुह तरुण दलको आसन्न महाधिवेसनको पूर्व सन्ध्यामा महाधिवेसनस्थल जिल्ला कास्कीमा सक्रियता देखाएको हो ।

हाल  कास्की जिल्लामा सिटौला समूहको प्रतिनिधीत्व गर्नेगरी पूर्व जिल्ला सचिव युवराज कुँवर , पूर्व सहसचिव मुकुन्द बाँस्तोला ज्वाला , जिल्ला सदस्य विष्णु बहादुर क्षेत्री, युवा नेता शिवप्रसाद अधिकारी लगायतका रहेका छन् । कांग्रेस शभापति शेरबहादुर देउवा वर्तामान संस्थापकका रुपमा स्थापित हुनु र वरीष्ठ नेता रामचन्द्र पौडेल पार्टीमा बिस्तारै कमजोर सावित हुदै जान थालेपछि पनि यहाँका कांग्रेसी नेता कार्यकर्ताहरु सिटौलातर्फ लम्केका हुन् । ‘पौडेलले राजनितीक रुपमा अडान लिन नसक्ने, संगठनलाई चुस्त ,मजबुत राख्न नसक्ने कार्यकर्ताको संरक्षणमा समेत ध्यान पु¥याउन नसकेको र वर्तमान सभापति देउवाको समूहमा पनि जान नसक्ने भएपछि कांग्रेसको पूरानो संस्थापन पक्षको नेताका रुपमा सिटौलालाई हामीले विकल्पका रुपमा रोजेका हौ ।’,– कास्की कांग्रेसका जिल्ला सदस्य तथा सिटौला समुहमा हालै प्रवेश गरेका नेता युवराज कुवरले भने । सिटौला समुहमा प्रवेश गर्नेमध्ये अधिकांश युवापंंक्तिको बाहुल्यता छ । जसमा मुख्य कारणका रुपमा युवा नेता गगन थापा र प्रदिप पौडेलको विद्यार्थी राजनितीमा रहेको प्रभाव नै हो ।

यसैबिच मंगलबार सिटौला समूहका जिल्लास्तरका नेता तथा कार्यकर्ताको बैठक बसेको छ । पोखराको लेकसाईडस्थित एक होटलमा बसेको उक्त बैठकले तरुण दलको पोखरामा हुने महाधिवेसनको पूर्वसन्ध्यामा २६ गते नेता सिटौलाले गर्ने सम्बोधन कार्यक्रमको ब्यापक तयारी गर्ने रणनिती बुनेको थियो । त्यसका लागि विभिन्न तयारी समितिसमेत गठन भएको बताईएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button