पोखरामा स्पाः व्यवसाय फस्टाउदै

पोखरा न्युज –

पोखरामा स्पाःलाई व्यवस्थित पार्ने अभियानमा व्यवसायी

पर्यटकीय नगरी पोखरामा स्पाः व्यवसाय फस्टाउदै आएको छ । पछिल्लो केहि महिना देखि पोखरा क्षेत्रका होटल तथा रिसोर्ट हुदै पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाईडको चोक चोकमा स्पाः व्यवसाय संचालनमा आएका हुन ।

पोखरामा हाल करिब एक सय भन्दा बढी स्पाः सेन्टरहरु संचालनमा आएका छन । प्रायः गरी विश्वका पर्यटकीय मुलुकहरुमा यो व्यवसाय फस्टायसंगै पोखरामा यो व्यवसाय फस्टाउदै आएको पोखराका एक स्पाः व्यवसायी राम श्रेष्ठले बताए । विगत १५ बर्ष देखि पोखराको लेकसाईडमा हिमालयन स्पाः संचालन गर्दै आएका श्रेष्ठले प्रायः गरी ट्रेकिङ जाने विदेशी पर्यटकहरुको थकानलाई आराम सहित उपचार गर्ने उद्धेश्यले आफुहरुले यो व्यवसाय पोखरामा भित्राएको बताए । स्पाः व्यवसायमा विकृती आउन नदिन आफुहरुले यस पेशालाई सुद्धिकरण गर्न पनि स्पाः व्यवसाय संघ गठन प्रकृयामा रहेको उनले जनाए । उक्त संघको सदर्थ समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले यस व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न पनि आफुहरु लागि परेको बताए । विदेशी पर्यटकहरुलाई लक्षित गरी स्थापना गरिएको उक्त स्पाः गराउन पछिल्लो क्रममा नेपाली तथा भारतीय तथा चाईनिज पर्यटकहरुको सङख्या समेत बढ्दै आएको श्रेष्ठले बताए ।

पछिल्लो क्रममा होटलहरुमा समेत स्पाः संचालन गरेकोले अन्य स्पाः सेन्टरमा भन्दा होटलहरुमा करिब दोब्बरले शुल्क बढी लाग्ने गरेको सेवाग्राहिहरुले गुनासो गरेका छन । पोखरा क्षेत्रमा हाल करिब ५ सय जनाले रोजगार पाएका छन । सामान्यतया पोखरामा वेल मसाज गरेको एक हजार देखि ४ हजारसम्म प्रति घण्टाको शुल्क लिने गरेको पाईन्छ । भारतिय केहि पर्यटकहरुले स्पाः सेन्टरलाइ नराम्रो दृष्टिले हेर्ने गरेकोले गर्दा पनि आफुहरुले मसाजको रुपमा सुद्ध व्यवसाय गर्न चाहेको उनले जनाए । पोखरामा गुणस्तरिय सेवा दिन आफुहरु विगत ६ बर्ष देखि ट्याङक्यूलिटि स्पाः एण्ड मसाज सेन्टर स्थापना गरेको संचालक रनिल फैजुले बताए । उनले भने “ पछिल्लो समयमा पोखरामा च्याउ उर्मे सरी मसाज सेन्टर स्थापना भएका छन, जसले गर्दा यसको गुणस्तरियमा कमि आउन सक्छ । ” ट्याङक्युलिटी ईन्टरनेश्नल स्पाः एण्ड व्युटि एकेडेमीको रुपमा काठमाण्डौंमा संचालन भए पनि उक्त एकेडेमीले दक्ष जनशक्ति उत्पादन गर्ने भएकोले गर्दा डिप्लोमा कोर्ष गरेकालाई रोजगार ग्यारेन्टी गरिने भएको फैजुले बताए । पोखरामा हाल दैनिक जसो ३० जना भन्दा बढीलाई सेवा दिदै आएको बताएका संचालक फैजुले आफुहरुको स्पाःमा प्रत्यक रुममा एट्याच वाथरुम भएको बताए । प्राकृतिक तत्वहरु बढी प्रयोग गर्ने गरेको बताउदै फैजुले ट्याङक्यूलिटिमा स्टीमवाथ र साउना जस्ता सेवा समेत भएको जनाए । पछिल्लो क्रममा २० बर्ष माथिका उमेर समुहका व्यसक्तिहरु समेत मसाज गर्न आउने गरेको उनले बताए । पहिलो ३० बर्ष माथिका प्राय व्यक्तिहरुले मसाज गर्ने भए पनि हाल शारिरिक व्यायमको लागि पनि प्राकृतिक उपचारको रुपमा मसाज गर्न आउने गरेको संचालक फैजुले बताए । ट्याङक्यूलिटि स्पाःमा एक घण्टा मसाज गरेको ३ हजार रहेको छ भने यदि स्पाःको सदस्य वनेमा ५० प्रतिशत छुट हुने बताइन्छ ।

पोखरामा करिब डेढ बर्ष अघि फुलवारी रिसोर्टबाट पोखरामा स्पाः भित्रिएको ईतिहास रहेको छ भने त्यस पछि पोखरा लेकसाइडका राम श्रेष्ठले पोखराको लेकसाईडमा स्पाः व्यवसाय संचालन गरेका हुन। त्यसै गरी पोखराको लेकसाईडमा ग्रिन स्पाः हालै संचालन गरेका पदम प्रसाद सिटौंला विदेशी पर्यटकहरुलाई लक्षित आफुले रेष्टुरेण्टको साथमा स्पाः संचालन गरेको बताए ।

कतारमा विगत ७ बर्ष काम गरेर स्वदेश फर्किएका सिटौंलाले विगत ५ बर्ष देखि पोखरामा गड फादर रेष्टुरेण्ट समेत संचालन गरेका छन । आयुर्वेदीक तेलबाट मसाज गर्दा न्युनतम शुल्कः एक हजार देखि एक हजार ५ सयसम्म प्रति घण्टाको लाग्ने उनले बताए । थाई मसाज, सिरुधारा, साउना स्ट्रिम, बडी मसाज, फेसियल लगायतको सेवा स्पाः सेन्टरहरुले दिने गरेका छन ।

पोखरामा स्पाःको राम्रो सम्भावना देखेर क्लारा ईन्टरनेश्नल स्पाः तथा व्यूटि कलेजको स्थापना भएको छ । पोखरा महेन्द्रपुलमा रहेको हङकङ व्यूटि इन्स्टिच्यूट प्रालि विगत तीन दशक देखि संचालन गर्दै आएको व्यूटि पालर पेशासंगै हालै देखि स्पाः कलेजको रुपमा स्थापना भएको हो । नेपालमै पहिलो पटक मलेसियाको क्लारा इन्टर नेश्नल कलेजसंग समन्वय गरी फेन्चचाईजी को रुपमा उक्त कलेज पोखरामा स्थापना गरेको कलेजका अध्यक्ष मीना गुरुङले बताईन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button