वडा स्तरिय फुटवल प्रतियोगिताको उपाधि पोखरा– १३ लाई

उत्कृष्ट खेलाडी उत्तम गुरुङ

पोखरा- 

पोखरामा मंगलबार सम्पन्न भएको वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधि पोखरा वडा नम्बर १३ ले जितेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको फाईनल खेलमा पोखरा १३ ले पोखरा २७ हेमजालाई अतिरिक्त समयमा २–१ को गोल अन्तरले पराजित गर्दै उपाधि सहित ७५ हजार नगद पुरस्कार प्राप्त गरेको हो । पोखरा १३ को जितमा अतिरित्त समयमा नवराज गुरुङले निर्णायक गोल गरेका हुन । ४०÷४० मिनेटको निर्धारित समयमा दुबै तर्फ एक एक गोलले खेल बराबरीमा पुगेपछि खेल निर्णायकको लागि १०÷१० मिनेट अतिरिक्त समय थपिएको थियो । निर्धारित समयमा पोखरा १३ का सुनिल गोतामे र पोखरा २७ का असोक नेपालीले एक÷एक गोल गरेका हुन । उपविजेता भएको पोखरा २७ ले ३५ हजार पुरस्कार प्राप्त गरेको छ ।

पोखराका २४ वटा वडाहरुको सहभागिता रहेको प्रतियोगितामा पोखरा १२ अनुशासित टोली घोषित भएको छ । त्यसै गरी प्रतियोगितामा पोखरा १३ का खेलाडी उत्तम गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । गुरुङ पोखरा १३ का कप्तान हुन भने उनी शनिबार सम्पन्न भएको आहा रारा गोल्ड कपमा आयोजक सहाराको टिमबाट समेत कप्तान सम्हालेका थिए । प्रतियोगितामा उत्कृष्ट गोलरक्षकमा पोखरा १३ का राजु गुरुङ, उत्कृष्ट डिफेन्डरमा पोखरा २७ का रोसन कार्की, उत्कृष्ट स्टाईकरमा पोखरा १३ का नवराज गुरुङ, प्रतियोगितामा उत्कृष्ट मिडफिल्डरमा पोखरा २७ का प्रविन थापा घोषित भए । उनीहरुलाई जनहि ५÷५ हजार नगद सहित पुरस्कृत गरिएको छ ।

विजयी खेलाडिहरुलाई पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बराल, पोखरा उपमहानगरपालीकाका कार्यकारी अधिकृत नवराज ढुंगना, नगरपालीकाका बरिष्ठ कानुनी अधिकृत तथा प्रतियोगिता संयोजक नारायण शर्मा लगायतले पुरस्कार वितरण गरेका थिए । पोखरा उप–महानगरपालीका कार्यालयको २१ औं बार्षिकोत्सव तथा अन्य सम्मान कार्यक्रम समेत सम्पन्न भएको हो । पोखरा उप – महानगरपालीकाको आयोजना, जिल्ला खेलकुद विकास समिति कास्कीको संयोजन, एन्फा कास्कीको व्यबस्थापनमा करीब दुई दशक पछि पोखरामा उक्त प्रतियोगिता पहिलो पटक भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button