कास्कीको तोल्कामा जारी खेलकुदमा भलिवल तर्फको पहिलो चरणको खेल सम्पन्न

पोखरा –

कास्कीको पर्यटकीय गाउ तोल्का ८ लुम्ले हिमालय माविको खेलमैदानमा जारी विविध खेलकुद कार्यक्रममा भलिवल अन्तर्गत पहिलो चरणको खेल सम्पन्न भएका छन । देउराली युवा क्लवले आफ्नो १३ औ वार्षिकोत्सव तथा दिपावलीको अवसरमा आयोजना गरेको विविध खेलकुद कार्यक्रम अन्तर्गत शुक्रबार ११ खेल सम्पन्न भएको खेल संयोजक भरत गुरुङले जानकारी दिए ।

शुक्रबार सम्पन्न पहिलो चरणको पहिलो खेलमा मकवानपुरले तोल्का सी लाई २५–१२, २५–१६ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरयो । दोश्रो खेलमा तोल्का ए ले धम्पुस बी लाई २५–१६, २५–२० को सोझो सेटमा पराजित गरयो, तेश्रो खेलमा डाडा खर्क टीमको अनपस्थितीमा भिचुक ए वाक ओभरबाट दोश्रो चरणमा प्रवेश गरयो । चौथो खेलपनि ठूलाखेतको अनुपस्थितीपछि किम्चाले वाकओभरबाट अघिल्लो चरणमा प्रवेश गरयो । पांचौ खेलमा हुडाले तोल्का बीलाई २५–११, २५–२० ले पराजित ग¥यो, छैठौ खेलमा किलुले लान्दु्रकलाई २५–२३, २५–२० ले पराजित गरयो । सातौ खेलमा उरीको अनुपस्थितीमा घलेलले वाक ओभर पायो । आठौ खेलमा तीखेनले जोवानलाई २५–२१, २५–२३ले पराजित गरयो, नवौ खेलमा धम्पुसको अनुपस्थितीमा द हिभनले वाक ओभर पायो , दशौ खेलमा लामाखेतले लान्दु्रकलाई २५–२२, २५–२१ ले पराजित गरयो एघारौ खेलमा मकवानपुरले तोल्का सी लाई २५–१२, २५–१६ ले पराजित गर्न सफल भयो ।

sports

२५ टीमको सहभागीता रहेको प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टीमलाई क्रमश ३५, २३ र ११ हजार नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिने छभने बेष्ट स्पाइकर, वेष्ट प्लेयर, वेष्ट ब्लकर र महिला तर्फ वेष्ट प्लेयरलाई नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै रसीतान्ने पहिलोलाई भाले र खादा द्धारा सम्मान, छेलो हान्नेमा प्रथम हुनेलाई नगद, भाङग्राद्धारा सम्मान, घैटो फुटाउनेलाई नगद, खादा र प्रमाणपत्र , त्यस्तै मकैगन्ने, मेच घुमाइ,मा प्रथम हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ ।

कार्यक्रम अवधिभर स्थानिय युवा युवतीहरुद्धारा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने कार्यक्रमका प्रचार प्रसार संयोजक भरत गुरुङले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागी विभिन्न राजनितीक दलका गाविस प्रतिनिधी, सुमन गुरुङ युके, वडा नागरिक मञ्च तोल्का ८ लुम्ले, नया शक्ति पार्टी नेपालका राष्ट्रिय युवा अभियान कास्की, लुम्ले ८ तोल्का घर भइ विभिन्न पेशामा विदेशमा रही काम गर्ने युवाहरुको विशेष सहयोग रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button