पोखरामा पौष ८ देखी ११ गते सम्म हिसान स्पोर्टस मिट हुने

पोखरा –
कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थिहरूलाई मध्यनजर गर्दै हिसान कास्कीको दशौं स्पोर्टस मिट २०७३ पौष ८ देखि ११ गते सम्म पोखरा रंगशालामा हुने भएको छ । खेलकुद संम्पन्न गर्नको लागि स्टेप वाइ स्टेप उच्च मा. वि. मासवार पोखराका संस्थापक निर्देशक एवं हिसान कास्कीका पूर्व अध्यक्ष रमाकान्त बरालको संयोजकत्वमा १२ वटा उपसमिती गठन गरिएको छ ।

हिसान कास्कीका अध्यक्ष एवं ग्लोवल उच्च मा.वि. का प्राचार्य वावुराम पन्तको अध्यक्षतामा हिजो बसेको साधारण सभाले उक्त निर्णय गरेको हो । भलिवल, वास्केटवल र टेवल टेनिसका खेलहरू खेलाइने प्रतियोगितामा ४७ वटा विद्यालयका विद्यार्थीहरूले भाग लिने छन् । भलिवल उपसमिती संयोजक हिलप्वाइट उच्च मा.वि. का प्राचार्य दिवाकर जैसी, वास्केटवलमा न्यू ग्यालेक्सीका राजु कायस्थ, टेवल टेनिस उप समिती संयोजकमा डायमण्डका यम रोका, स्टेज मेनेजमेन्टमा रामजी शर्मा, पुरस्कार एवं सर्टिफिकेट उप समितीका न्यू लाइटका ढाकाराम कडेल, संचारमा प्रतिभाका डा.पुण्य पौडेल, सुरक्षा र फस्ट एडमा लिटिल स्टेपका संस्थापक शेर बहादुर गुरूङ्ग, खाजा तथा पानी व्यवस्थापनमा न्यू लाइट स्कूल लेखनाथका ढाकाराम कडेल, न्यायिक उप समिती संयोजक अन्नपूर्ण क्याम्पसका प्रमुख सूर्य जि.सी., आर्थिक उप समितीका संयोजक मदरल्याण्ड उच्च मा.वि. का निदेशक त्रिभुवन शर्मा, अतिथी सत्कार उप समितीमा वावुराम पन्त रहनेगरी उप समितीहरू गठन गरिएका छन् । त्यस्तै अन्य सदस्यहरूमा विभिन्न विद्यालयका संस्थापक÷प्राचार्यहरू डोलराज पाण्डे, डा.रामचन्द्र पोखरेल, रत्नमान गुरूङ्ग, कृष्ण के.सी., विर वहादुर वुढाथोकी, नारायण शर्मा, सुन्दर ढकाल, पुष्प पराजुली, धर्म अधिकारी, राजेन्द्र पौडेल, मोतीराम गुरूङ्ग, कमल गुरूङ्ग, श्रीकृष्ण अधिकारी, पुरन कुंवर, मोहन पौडेल, प्रेम शर्मा, चन्दा थापा, लिला प्रधान, युवराज गुरूङ्ग, दुर्गा पंगेनी, लोकराज भण्डारी, धन वहादुर थापा, फणिन्द्र शर्मा, वेद प्रसाद वस्ताकोटी, तारा वहादुर धिमिरे, अशोक शाही, कृष्ण सापकोटा, सुदर्शन पौडेल, चिनु रानाभाट, राम बहादुर मोची, भरत गौतम, अशोक पालिखे, कृष्ण गुरूङ्ग, उमा लामिछाने, हरिष आर.के., हेमन्त अधिकारी र ज्ञानेन्द्र पौडेल आदी विभिन्न उप समिती सदस्यहरूको विशेष सहयोग रहने छ ।

कास्की जिल्ला स्थित निजि श्रोतवाट सञ्चालीत उच्च मा.वि. हरूमा अध्ययरत विद्यार्थीहरूको विचमा आपसी मित्रता तथा स्वस्थ खेल प्रतिस्पर्धाको अवसर प्रदान गर्न यस संस्थाले २०६४ सालदेखि हालसम्म स्पोर्टस मिट गर्दै आएको छ । हिसान कास्कीका सदस्य विद्यालयका विद्यार्थीहरूको खेलमा भएको रूचि र उनिहरूको खेल प्रति भएको सिपको प्रस्फुटन गराउने उदेश्यले खेलाइने उक्त खेलमा अन्दाजी सात लाख खर्च हुने कार्यक्रममा संयोजक रमा कान्त वरालले जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा राष्ट्रिय परीक्षा वोर्ड पोखरामा सरूवा भइ आउनु भएका कार्यालय प्रमुख रूद्र मनि भण्डारीलाई स्वागत सम्मान गरिएको कुरा हिसान कास्कीका सचिव यम बहादुर रोकाले जानकारी गराउनु भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button