प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गरिने

 

पोखरा न्युज –

सरकारले राष्ट्रिय जनता पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागिताको सुनिश्चितताका लागि प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने भएको छ ।

प्रदेश नं १, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्न सहमति जनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सत्तारुढ दल र राजपाका शीर्ष नेताबीचको छलफलले अन्य प्रदेशमा असार १४ गते नै निर्वाचन गर्ने र प्रदेश नं २ मा निर्वाचन आयोगको परामर्शमा तेस्रो चरणमा गर्ने समझदारी भएको नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

उहाँले राजपालाई निर्वाचनमा सहभागी गराउन सबै प्रकारका प्रयास र गृहकार्य भइरहेको सन्दर्भमा आजको छलफल उपलब्धिमूलक रहेको बताउनुभयो । यो समझदारी पछि असार १४ मा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनको समय केहीदिन थप्न आयोगलाई आग्रह गरिने निधिले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले यो सहमतिपछि राजपा निर्वाचनमा आउने आफूहरुले अपेक्षा गरेको बताउँदै आयोगको परामर्शमा सरकारले अन्य आवश्यक निर्णय लिने बताउनुभयो ।

गृहमन्त्री जनार्दन शर्माले सुरक्षाका हिसाबले सबै प्रदेशमा निर्वाचन गर्न सकिने स्थिति भए पनि राजनीतिक सहमतिका आधारमा २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने विषयमा छलफल भएको बताउनुभयो ।

यसअघि सत्तारुढ दल र निर्वाचन आयोगबीचको छलफलमा आयोगले सकेसम्म निर्वाचनको मिति तेस्रो चरणमा नपु¥याउन सुझाव दिएको थियो ।

काँग्रेसका नेता रामचन्द्र पौडेलले संवैधानिक दायित्व, मुलुकको भौगोलिक स्थिति अन्य तहका निर्वाचन गर्नुपर्ने कार्यभारले गर्दा स्थानीय तहको निर्वाचनको मिति पटक पटक सार्दा निर्वाचन राजनीतिक दुर्घटना (पोलिटिकल, इलेक्ट्रोरल, डिजास्टर ) हुने आयोगले सुझाव दिएको प्रतिक्रिया दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button