पोखरामा मन्त्रीले भने “चार नम्बर प्रदेशलाई टुक्राए राजिनामा दिन्छु”

पोखरा –

वाणिज्य मन्त्री रोमी गौचन थकालीले संविधान संसोधन गर्ने नाममा ४ नम्वर प्रदेश टुक्राएको खण्डमा आफुले राजिनामा दिने चेतावनी दिएका छन ।

शुक्रबार देखि पोखरामा सुरु भएको तारा प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री थकालीले हाल कायम भएको प्रदेश नम्बर ४ क्षेत्रलाई टुक्राएको अबस्थामा आफु मन्त्री पदबाटै राजिनामा दिएर जनतासंग जाने चेतावनी दिएका हुन । मन्त्री थकालीले नवलपरासीको बर्दघाट र सुस्तालाई चार नम्बर प्रदेशबाट अलग्याउन नहुने बताउदै मुस्ताङमा पनि हाल कायम भएका गाविसलाई नै कायम गर्नु पर्ने बताए ।

मन्त्री थकालीले जनताको चाहना, ईच्छा र जनताको भरोसा बिना राजनीति गर्ने कहिल्यै नटिक्ने ठोकुवा गरे । राजनीति जनताको चाहना, जनताको ईच्छा र जनताकै भरोसामा चल्नुपर्ने र आफू पनि त्यहि सिद्धान्त अनुसार चलेकाले मन्त्रीसम्म बन्न पुगको जिकिर गरे । उनले कर्मचारी कहिल्यै पार्टीको नहुने भन्दै उनले सोही सोंचका कारण आफूले मन्त्री हुने वित्तिकै कर्मचारी फेरबदल नगरेको स्पष्ट पारे ।

मुस्ताङका मार्फा थकालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब मार्फामा फर्केर आलु उत्पादनमा लाग्न आग्रह गर्दै त्यसको बेच्ने काम आफूले गर्ने प्रतिबद्धता जनाए । आलुको राम्रो सम्भावना भएकाले बाटो निर्माण गरेर बजारीकरणमा सघाउने उनको आश्वासन थियो ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरामा यस्ता खेल गतिविधिले गर्दा पोखरालाई खेलकुदको राजधानि वनाउनमा टेवा पुग्ने बताए। नेवाः खल कास्कीका अध्यक्ष असोक पालिखेले धार्मिक तथा जातिय कार्यक्रममा राष्ट्रिय पोसाक लगाउन आग्रह गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले संघियताको बिषयमा दलहरुले समयमै मिलाउन नसके आन्दोलन चर्कीने जनाए । नेपाल आर्चरी संघका बरिष्ठ उपाध्यक्ष वसन्त थकालीले आर्चरी खेललाई राष्ट्रिय खेलको मान्यता दिनुपर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button