पोसाक नभएर विद्यालय जान बन्चित हुन नपरोस भन्दै मन बहादुरद्धारा पोसाक वितरण

पोखरा-
पोखराको न्युरोडमा रहेको गुड्डु सटिङ सुटिङ एण्ड टलेरिङ सेन्टरका सञ्चालक मन बहादुर परियारले २५ विद्यार्थी लाई पोसाक सहयोग गर्नुभएको छ ।

घरको आर्थिक अबस्था कमजोर हुदा आफ्नो बाल्यकालमा विद्यालयको पोसाक लगाएर विद्यालय जान नपाएको स्मरण गर्दे परियारले आफुले बाल्यकालमा अध्ययन गरेको स्याङजाको स्वरेकमा रहेको राष्ट्रिय टापुभञ्ज्याङ प्रस्तावित माविका २५ जना विद्यार्थी लाई पोसाक सहयोग गर्नुभएको हो ।

आफुले सानो सहयोग विद्यालयमा गर्न पाएकोमा खुशी लागेको बताउदै परियारले धन भएर भन्दा पनि मन भएर सहयोग गरेको बताउनुभयो ।पोसाक नभएर कुनै पनि बालबालिका विद्यालय जान बन्चित हुन नपरोस  भन्दै परियारले नमुना स्वरेक सहयोगी समाज स्याङजाले आफु लाई विद्यालयमा सहयोग गर्ने बातावरण बनाईदिएकोमा धन्यबाद दिनु भएको थियो ।

स्वरेक गाविसका सचिव भेष बहादुर राना, विद्यायल ब्यबस्थापन समितिका अध्यक्ष छायाराम खनाल पुर्व अध्यक्षहरु टिकाराम पराजुली ,कमल प्रसाद पंगेनी, नमुना स्वरेक सहयोगी समाज स्याङजा अध्यक्ष घनश्याम पाण्डेय,उपाध्यक्ष यमलाल शर्मा पंगेनी, विद्यालयका प्रधानध्यापक कृष्ण प्रसाद पौडेल ,शिक्षक नबराज पराजुली लगायतले पोसाक हस्तान्तर गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नेहरुले मन बहादुर एक नमुना भएको बताउदै नाम जस्तै काम भएको बताएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button