राप्रपा राष्ट्रिय अभियान कास्कीमा जारी

क्षेत्र र नगरको अधिवेशन अन्तिम संघारमा

पोखरा-

आगामी फागुन ६ देखि ९ सम्म हुने राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय महाधिवेशनलाई दृष्टिगत गर्दै राप्रपा कास्कीका वडा, गाउँ, नगरको अधिवेशन अन्तिम चरणमा पुगेको छ ।

प्रत्येक नेपालीहरुको अन्तरआत्मामा राप्रपा राष्ट्रिय अभियान तथा एकता अधिवेशन अन्तर्गत क्षेत्र नं. ४ को वडा नं. २ मा बरुण बिक्रम राणा, २६ मा नरहरि तिमिल्सिना, कास्कीकोट गाविसमा अक्कल बहादुर भुजेल अध्यक्ष रहेको समिति गठन गरिएको क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष तिर्थराज सुवेदीले जानकारी दिनुभयो । त्यसैगरी अधिवेशन अन्तर्गत क्षेत्र नं. १ को लेखनाथ १३ मा प्रेमकाजी गुरुङ्ग, १५ को अध्यक्षमा यम बहाुदर विक, १० को अध्यक्षमा भुपेन्द्र तिवारी रहेको समिति गठन गरिएको कास्की प्रवक्ता सूर्य बास्तोलाले जानकारी दिनुभयो ।

बाँकी रहेका केही गाउँ र वडाको अधिवेशन सम्पन्न भएपछि कास्कीको नगर र क्षेत्रको अधिवेशन चाँडै सम्पन्न हुने कास्की अध्यक्ष जयलाल पुनले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय सदस्य कुल बहादुर गुरुङ्ग कुलुले देश अब राष्ट्रवादीमय भएको बताउँदै सम्पूर्ण राष्ट्रवादी शक्तिलाई एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष तथा पुन समाजका केन्द्रीय सदस्य संगठन विभाग प्रमुख जयलाल पुनले ९४ प्रतिशत हिन्दु भएको हाम्रो देशलाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्नुभयो । विदेशीको इशारामा देशभक्ति भावनाहरुलाई कुण्ठित गरिएको आरोप लगाउनुभयो । देश मियो विनाको दाइ भएको कुरालाई मध्यनजर गर्दै राष्ट्रिय प्रतीकका रुपमा राजसंस्था रहनुपर्छ भन्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य शिव कुमार बास्तोला, प्रशिक्षण विभाग सदस्य बरुणबिक्रम राणा, जिल्ला उपाध्यक्ष नरहरि तिमिल्सिना, पूर्व उपाध्यक्ष परमेश्वर बस्ताकोटी, देवेन्द्र किशोर बास्तोला, जगत सुवेदी, पार्टी उपनेता भीमराज भण्डारी, विदुरबिक्रम राणा, शिशिर शर्मा, कृष्णकुमारी सुवेदी, विनु राणा लगायत जिल्लाका पदाधिकारी, केन्द्रीय सदस्यहरु लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button