पोखरामा उद्योगपति तथा समाजसेवि केसी र फुटवल खेलाडी शाक्य सम्मानित

पोखरामा उद्योगपति तथा समाजसेवि सुर्य बहादुर केसी र फुटवल खेलाडी मोतिमान शाक्य सम्मानित भएका छन् ।

मंगलबार देखि पोखरामा सुरु भएको  १५ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ को उद्घाटनसत्रको अवसरमा खेलकुद र सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको भन्दै सहारा क्लबले उनीहरुलाई सम्मान गरेको हो । आहा रारा गोल्ड कपमा स्थापना काल देखि मुख्य प्रायोजन गर्दै आगामी बर्षलाई पनि निरन्तरता दिने हिमश्री फुड्स प्रालिका अध्यक्ष एवं उद्योगपति तथा समाजसेवि केसी र फुटवल खेलमा उल्लेखनिय योगदान पुराएका  शाक्यलाई सम्मान गरीएको क्लवले जनाएको छ । नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदी र क्लवका अध्यक्ष विरभद्र आचार्यले सम्मानपत्रको साथमा दोसल्ला र माला लगायर उनीहरुलाई  सम्मान गरेका हुन ।

सम्मानित व्यत्ति केसीले राम्रो काममा लागेको सहाराको अभियानलाई आफुहरुले होस्टेमा हैसे मात्र गरेको बताए । क्लवका अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button