पर्यटकीयस्थल स्वरेकमा बहुउद्देश्यीय भवन, पोखराका नरेश भट्टराई सम्मानित

पोखरा न्युज-

स्याङ्जाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल स्वरेकस्थित भैरव कालिका मन्दिर परिसरमा रु तीन लाख ५६ हजारको लागतमा बहुउद्देश्यीय भवन निर्माण गरिएको छ ।

भैरव कालिका आमा समूहको सक्रियतामा निर्मित उक्त भवनको बिहीबार समाजसेवी एवम् माउन्ट कैलाश रिसोर्टका अध्यक्ष नरेश भट्टराईले उद्घाटन गर्नुभयो । भवनको उद्घाटन भट्टराईले देशको विकास हुन गाउँ गाउँको विकास हुनुपर्नेमा जोड दिनुभयो । भवन निर्माणसँगै समूहका विभिन्न गतिविधि सञ्चालनमा सहज हुने देखिएको छ ।

रेडियो गण्डकीका स्टेसन म्यानेजर घनश्याम पाण्डेयले स्वरेक प्राकृतिक रुपमा मात्रै नभएर धार्मिक पर्यटकीय दृष्टिकोणबाट पनि सम्भावनायुक्त रहेको बताउनुभयो । बाइसे चौबिसे राजाको पाला देखिको ऐतिहासिक कोटका बारेमा प्रचार प्रसार गर्दै यसलाई उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा राजेन्द्र भवानी माविका शिक्षक एवम् भैरव कालिका क्षेत्र विकास समितिका उपाध्यक्ष कुलबहादुर खाँण, समाजसेवी ई. चन्द्रबहादुर रोकाहा, नमुना स्वरेक सहयोगी समाज स्याङ्जाका उपाध्यक्ष यमलाल शर्मा पँगेनी, भैरव कालिका आमा समूहकी अध्यक्ष शशी सेन लगायतले पर्याप्त सम्भावना बोकेर पनि स्वरेकको अपेक्षित विकास हुन नसकेको बताउँदै यसतर्फ सबैको सक्रियता आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा समाजसेवी भट्टराईलाई सम्मान गरिएको थियो । माउण्ट कैलाश रिसोर्ट पोखराका अध्यक्षसमेत रहेका  भट्टराईलाई भैरव कालिका आमा समुहकी अध्यक्ष शसि सेन विशेष अतिथि चन्द्रबहादुर रोकाहा र आमा समुहका सल्लाहकार कुलबहादुर खाँणले संयुक्त रुपमा दोसल्लासंगै सम्मान पत्र अर्पण गरेर सम्मान गरेका हुन्  ।

भट्टराईले पोखरा बाट जाँउ है स्वरेक अभियान, भैरव कालिका मन्दिर निर्माण मुर्ति सयहोग, भूकम्प प्रभावितहरुलाई राहात वितरण, शिक्षाको क्षेत्रमा अक्षयकोष निर्माण लगायतका थुप्रै कार्य गर्दै आउनुभएको छ ।

फोटो – G S Pandey

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button