पोखरामा तेक्वान्दो राष्ट्रिय रेफ्री कोर्स सम्पन्न

पोखरा ।

नेपाल तेक्वान्दो संघको आयोजनामा भएको ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । पश्चिमाञ्चल क्षेत्रका लागि पोखराको रंगशालको कभर्डहलमा भएको तेक्वान्दो रेफ्री कोर्स बुधबार सम्पन्न भएको हो ।

दुई दिने कोर्समा रिफ्रेसर र सेमिनारमा कुल ७० रेफ्रीको सहभागीता रहेको थियो । कोर्स विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण सञ्चालन भएको थियो । कोर्समा ग्यरोगीतर्फका कुल ७० निर्णायकको सहभागीता रहेको थियो । जसमा नयाँ निर्णायकको लागि ५१ र रिफ्रेसरका लागि १९ निर्णायकको सहभागीता रहेको थियो ।

समापनको अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल,नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ र कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले कोर्समा सहभागीतालाई प्रमाण पत्र प्रदान गरे । संघका महासचिव गुरुङले तेक्वान्दो खेल विकासमा कोर्सले एउटा महत्वपुर्ण इटृा थप्ने धारणा ब्यक्त गरे । उक्त कोर्समा नेपाल तेक्वान्दो संघका निर्णायक कमिटीका संयोजक नविन कुमार श्रेष्ठ र कोरियन प्रशिक्षक क्वान योङ दलले प्रशिक्षण दिएका थिए ।

नेपालको तेक्वान्दो खेल विकास र स्तरन्नोतीका लागि रिफ्रेसर र कोर्सले महत्वपुर्ण भुमिका खेल्ने संघका निर्णायक कमिटीका संयोजक नविन कुमार श्रेष्ठले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button