पोखराको तालबाराही माविमा प्रअको मनोमानी : प्रअद्धारा नियम विपरित कार्य

पोखरा न्यूज ।  पोखरा ६ बैदाम स्थित तालबाराही मा.वि. का प्रधानाध्यापकले विद्यालय ब्यबस्थापन समिति गठनमा मनोमानी गरेको तथा नियम विपरित सदस्य तथा अध्यक्ष नियुक्ति गरेको खुल्न आएको छ ।

लामो समय देखि विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिन आनाकानी गर्दै आएकी विद्यालयका प्रधानाध्यापक भद्रकाली लामिछानेले दुई महिनापछि आफ्नो अनुकुलका व्यक्तिलाई समिति सदस्य मनोनित गर्दै अध्यक्ष समेत चयन गरेकी हुन् । उनले समितिका २ जना सदस्य लाइ जानकारीनै नदिई बाकी दुई जनालाई वसमा पारेर आफ्नो अनुकुलका पशुराम पहारी र मिना भट्टराई लाई सदस्यमा मनोनित गरी पशुराम पहारीलाई अध्यक्ष चयन गरेको रहस्य खुल्न आएको हो । प्रधानाध्यापक भद्रकालीले यहि माघ २० गते दुई जना सदस्य मनोनयन गरी पहारीलाई अध्यक्ष बनाएकी थिईन । भद्रकालीले शिक्षा ऐन आठौ संसोधनमा रहेको समिति गठन सम्बन्धि प्राबधान समेत कुल्चदै अल्पमतमा सदस्य मनोनित गरी मनोनित मध्यकै व्यक्तिलाई अध्यक्ष बनाएको पाइएको छ ।

गत मङ्सिर १५ गते  प्रअ लामिछानेले डाकेको अविभावक भेलामा अविभावक, टोल विकास समिति, वडा नागरिक मंच तथा विभिन्न राजनैतिक दलहरुका प्रतिनिधिहरुको सर्बसम्मत निर्णयवाट अविभावकका तर्फवाट लेखनाथ भुसाल, राम वहादुर पनेरु , सुशीला खत्री र लक्ष्मी नेपाली व्यवस्थापन समितिमा चयन भएका थिए । भेलाले सर्वसम्मत रुपमा गोविन्दराज पहारी र मन्दरा ढकालको नाम मनोनितमा सिफारीस गरेको भएतापनि प्रअ लामिछानेले यसलाई पछि टुंग्याउने भन्दै उठेकी थिईन ।

बिचमा समितिका सदस्यहरुले समितिलाई पूर्णता दिन भन्दै भेलामा अगाडी सारिएका उनै दुइ जनालाई मनोनयन गर्न समितिका जेष्ठ सदस्य राम बहादुर पनेरुको अध्यक्षतामा बैठक बसी चारै जनाले हस्ताक्षर गरी माइनुट उठाई बिद्यालय प्रशासनलाइ बुझाएका थिए ।


तर प्रअ लामिछानेले पछाडी समितिका दुई  सदस्य राम वहादुर पनेरु र लक्ष्मी नेपाली लाइ फकाईफुल्याई बोलाएर हस्ताक्षर गराई अन्य दुई  जनालाई मनोनित गरेको खुल्न आएको छ । मनोनयन गर्दा समितिका दुई जना मात्र उपस्थित रहेको र  उनीहरुको मात्र माइन्युटमा हस्ताक्षर रहेको बताइएको छ । हस्ताक्षर गर्ने मध्यका एक सदस्य राम बहादुर पनेरुले पोखरान्युज डटकम संग भने , मेडमले मलाइ बोलायर मैले भनेको व्यक्तिहरु स्कुलको लागी राम्रो मान्छे हो हामि मात्र भएपनि कोरम पुगिहाल्छ भनेर करगर्नुभयो त्यसैले होला भनि हस्ताक्षर गरे ।”

पहिला समितिका चारैजना बसेर एउटा निर्णय गर्ने अनि पछी फेरि दुई जनालाई थाहा नदिई अर्को निर्णयमा हस्ताक्षर किन गर्नुभयो भन्ने प्रश्नमा पनेरुले आफु लेखापढी नभएको मान्छे भएकोले प्रअले झुक्याएको बताए । हस्ताक्षर गर्ने मध्यकै अर्की सदस्य लक्ष्मी नेपालीले पनि मेडमलेनै भनेर हस्ताक्षर गरेको आसय व्यक्त गरिन । निर्णय कसरि फेर्नुभयो त भन्ने प्रश्न गर्दा नेपालीले उल्टो यो नम्बर तलाई कसले दियो भद्रकाली मेडमले दिएको हो भने बोल्छु नत्र बोल्दिन म मेडमलाई फोन गर्छु भन्दै फोन काटिन ।

समितिका बाकी दुई सदस्य लेखनाथ भुसाल र सुशिला खत्रीले आफुहरुलाई जानकारी नै नगराई प्रअले दुई जना सदस्य मनोनित गरेको तथा अध्यक्ष चुनेको खबर पनि आफुहरुले पत्र पत्रिकावाट मात्र थाहा पाएको बताए । सदस्य सुशिला खत्रीले पोखरान्युज डटकम संग भनिन, “पहिला हामीलाई खबर गर्नुभएन आफ्नो मनपरी गर्नुभयो अहिले आएर हस्ताक्षर गर्न दवाब दिईरहनुभएको छ ।” “मैले वहालाई नियम बिपरित कार्य गर्दिन तपाइले समुदाएको निर्णय मान्नुपर्छ भन्दा नयाँ नयाँ नम्बर वाट फोन गरी हस्ताक्षर गर्नको लागी अनुचित दवाब दिईरहनुभएको । v”, उनले थपिन । समितिका अर्का सदस्य लेखनाथ भुसालले पोखरा न्युज डटकम संग भने, “भेलाले चुनेका चार जना मध्य दुई जनालाई खबरनै नगरी दुई जनालाई राखेर पहिलेको निर्णय उल्ट्याउदै अन्यन्त्र वाट सदस्य मनोनित गरी अध्यक्ष समेत चुनिएको रहेछ ।” हामीले त पत्रिकामा खबर पायौ, उनले थपे ।

विद्यालयका प्रअ भद्रकाली लामिछाने लाइ यस विषयमा सोध्दा आफुले सहि काम गरेको दाबी गर्दै ठाडो भाषामा आफुलाई वर्तमान शिक्षा ऐन थाहा नभएको बताइन । उनले भनिन, “मैले शिक्षा ऐन पढेकी छैन ।”

प्रअ  लामिछाने बिरुद्ध उजुरी

यसैबिच प्रअले समुदायको निर्णयलाइ वेवास्ता गर्दै नियम समेत पालना नगरी व्यक्तिगत ढंगले अगाढी बढेको भन्दै सम्बन्धित टोल विकास समिति, वडा नागरिक मंच तथा विभिन्न राजनैतिक दलहरुका प्रतिनिधिहरुको तर्फबाट जिल्ला शिक्षा कार्यालय , अख्तियार, क्षेत्रिय शिक्षा निर्देशनालायमा उजुरी दिईएको छ ।

विद्यालयका प्रधानाध्यापकले डाकेको सर्वपक्षीय भेलाले समुदायकै सरसल्लाहमा अविभावकका तर्फबाट चार  जना व्यक्ति चुनेको र चुनिएका व्यक्तिहरुले दुई जनाको नाम सिफारिस गरेको भएतापनि प्रधानाध्यापकले उक्त निर्णय नमानी एकलौटी ढंगले काम गरेको समुदायले आरोप लगाएको छ । समुदायका तर्फबाट शिशिर पहारी . गिरिराज अधिकारी, बलराम गिरि लगायतका बिभिन्न क्षेत्रका  प्रतिनिधिले उजुरी पेस गरेका हुन् ।

समुदायले सबैको सहमतिमा सिफारिस गरेका दुई जना वाट बिद्यालयको हितलाइ मध्यनजर गर्दै स्थानीय समाजसेवी तथा शिक्षाप्रेमी गोविन्दराज पहारीलाई चुनेर पठाएकोमा प्रधानाध्यापकले उक्त निर्णय नमानेको वडा नागरिक मंच बैदामका संयोजक विष्णुहरि अधिकारीले बताए । उनले भने, “पहारीलाई समुदायले रोजेर पठाएको हो, समुदायले रोजेको व्यक्तिमा प्रधानाध्यापक वाधक बन्नु हुदैनथ्यो ।”

त्यस्तै टोल विकास वडा समन्वय समितिका गिरिराज अधिकारीले पनि शिक्षा कार्यालयवाट सहजकर्ताको रुपमा डाकेर निर्णय कार्वान्वयनको लागी भन्दा समेत प्रधानाध्यापकले अटेर गरेको बताउदछन् । उनले भने,’समुदायले रोजेर पठाएको व्यक्तिलाइ अध्यक्ष हुन नदिई आफ्नो अनुकुलको व्यक्ति रातारात ल्याउनुमा कतै प्रधानाध्यापकले आर्थिक अपारदर्शीता गरिरहेको त छैनन भन्ने शंका उब्जिएको छ ।”

बिद्यालय छोरेपाटन स्रोत व्यक्ति टोल प्रसाद अर्यालले भेलामा आफ्नो पनि उपस्थिति रहेको र सबैको निर्णय वाट चार जना सदस्य छानी दुई जना मनोनित सदस्यको नाम समेत समुदायले सर्वसम्मत रुपमा अगाडी सारेकोमा प्रअ लामिछाने नै दुई जना अर्को पटक बैठकमा गरौला भनेर उठेको जानकारी दिए ।

नियम विपरित कार्य गर्नेलाई कारवाही हुने
जिल्ला शिक्षा कार्यालय कास्की प्रमुख शंकर बहादुर गौतमले नियम विपरित कार्य गर्नेलाई कारवाही गरीने बताएका छन् ।

शिक्षा एनमा प्रअ लाइ मतदानको अधिकार नभएको भन्दै गौतमले भने, ‘सकेसम्म सर्वसम्मत नभए बहुमत सदस्यवाट बाकी सदस्य मनोनित गर्नुपर्दछ अन्यथा त्यो मान्य हुदैन । मङ्सिर १५ गतेको भेलामा समेत उपस्थिति भएकी बिद्यालय निरीक्षक विमला शर्माले पनि अल्पमतमा गरेको निर्णय लागु नहुने बताइन । उनले भनिन, “सदस्य मनोनित गर्न कम्तिमा पनि बहुमत चाहिन्छ यस्तो प्राबधान शिक्षा एनको आठौ संसोधनमा कायम रहेको छ ।

बिद्यालय व्याबस्थापन समितिको अध्यक्षका लागि टोल विकास समिति, वडा नागरिक मंच तथा विभिन्न राजनैतिक दलहरुको सर्बसम्मत निर्णय भएको अवस्थामा पनि प्रधानाध्यापकले आफुले चाहेको व्यक्ति लाई अध्यक्ष नियुक्ति गरेका कारण विवादले चर्को रुप लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button