६६ लाखको लागतमा थुमाको डाँडामा तारकाङ सामुदायिक स्वास्थ्य केन्द्र

 निशुल्क स्वास्थ्य शिविरबाट २ सय ८० जना लाभान्वित,

पोखरा – 
कास्कीको थुमाको डाँडा गाविसमा विदेशी दाता र स्थानीयको आर्थिक सहयोगमा हालै निमार्ण भएको तारकाङ सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन गरीएको छ ।

६६ लाखको लागतमा निमार्ण भएको १० कोठे पक्की भवनको सोमबार एक समारोहका विच पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले उक्त केन्द्रको उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले थुमाको डाँडा क्षेत्रका स्थानीयलाई केन्द्र स्थापना भएपछि उपचारमा सहज हुने बताए । आफु मन्त्री हुदा उक्त केन्द्र सहित नेपालमा ११ हजार सामुदायिक केन्द्र स्थापनाको लागि पहल गरेको उनले दाबी गरे । फरक प्रसंगमा पुर्व मन्त्री अधिकारीले थुमाको डाँडा क्षेत्रबाट रोजगारको लागि बाहिर गएकाहरु अब स्वदेमै फर्कियर काम गर्न आग्रह गर्दै गाँउमै उद्यमी वन्न सुझाव दिए । वेलायतका रिचार्जले आफ्नी श्रीमतीको स्मृतिमा ४२ लाख रुपैया केन्द्र स्थापना गर्न सहयोग गरेका हुन भने ८ लाख रुपैया बराबरको जनश्रमदान र १६ लाख रुपैया स्थानीयबाट जुटेको उक्त भवन निमार्ण समितिका अध्यक्ष रुपनाथ सापकोटाले बताए । भवन उद्घाटनको अवसरमा पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेशकुमार चापागाई, समाजसेवि पुर्ण हेल्मो, विष्णु सापकोटा, हस्पिटलका संचालक यमनाथ सापकोटा, भवन निमार्ण समितिका सचिव माधव सापकोटा लगायतले बोलेका थिए ।

उक्त अवसरमा सोमबार केन्द्रमा निशुल्क एक दिने स्वास्थ्य शिविर समेत आयोजना भएको थियो । पोखराको लेकसिटि हस्पिटलको प्राविधिक सहयोगमा संचालन भएको शिविरबाट २ सय ८० जना लाभान्वित भएको केन्द्रका सहयोग समितिका अध्यक्ष टंक प्रसाद सापकोटाले बताए । हाडजोर्नि र मधुमेह सम्बन्धिका बढी विरामीहरु भेटिएको शिविरमा संलग्न डा. सुवास सापकोटाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button