तरुण दलको भागवण्डा मिल्यो, अध्यक्षमा बस्नेत

पोखरा –
अन्ततः नेपाल तरुण दलको भागवण्डा मिल्यो । अध्यक्ष सहित ४ मुख्य पदमा पार्टीका मुख्य ४ नेता पक्षधरहरुलाई चयन गराए पनि नेपाल तरुण दलको भागवण्डा मिलेको हो ।

चौथो अधिवेशनबाट नेपाल तरुण दलको चौथो अधिवेशनबाट जीतजंग बस्नेत अध्यक्षमा चयन भएका छन । पोखरामा बुधबार सम्पन्न भएको उक्त अधिवेसनबाट बस्नेतलाई अध्यक्षमा चयन गराईएको नेपाल तरुण दल चौथो राष्ट्रिय महाधिवेसन केन्द्रीय निर्देशन समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनीक गरेको हो । केन्द्रीय निर्देशन समितिका संयोजक बालकृष्ण खाँडका अनुसार तरुण दलको उपाध्यक्षमा एत्तम चापागाई, महासचिवमा भुपेन्द्र जंग शाही र कोषाध्यक्षमा विदान गुरुङलाई चयन गरीएको छ । ६१ कार्यसमिति सदस्य रहने भए पनि अन्य पदाधिकारी सहित सदस्यको नाम पछि सार्वजनीक गरीने भएको ।

अध्यक्ष ललितपुरका वस्नेत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षधर, भोजपुरका चापागाई कागेंस नेता कृष्णप्रसाद सिटौला पक्षधर, महासचिव कालीकोटका शाही उपसभापति रामचन्द्र पक्षधर र कोषाध्यक्ष पर्वतका गुरुङ खुमबहादुर खड्का पक्षधरको भएको बुझिएको छ । पोखरा सभागृहमा हुने निर्वाचन प्रकृया दुई दिन जसो भए पनि अन्य भागवण्डा र पदाधिकारी वाडफाड होटलहरुमा नेताहरु वसेर मिलाएका हुन ।

करीब ११ बर्ष पछि भएकोे तरुण दलको महाधिवेसन पोखरामा दुई दिन लम्वीयर पनि सकिएको छ । देशै भरीबाट तरुण दलको अधिवेसनको लागि प्रतिनिधि, पर्यवेक्षक सहित गरी करीब २ हजार जना सहभागि भएको तरुणदलले जनाएको छ । यसैबिच दरुण दलमा अध्यक्षमा विजयी भएपछि अध्यक्ष बस्नेतले दरुण दललाई देशको आर्थिक र समृद्धिको बाटोमा लैजान र देशमा देखिएका विकृति विसङगती बिरुद्ध खरो रुपमा उतिन युवाहरुलाइ एक गराउदै नयाँ ढंगले अगाडी लैजाने वचन दिए । उनले भने “ यो हाम्रो युवा संगठन हो, अब यस संगठनले नयाँ ढंगले अघि बढ्छ, यसमा हामीले विकास निमार्ण देखि देशमा देखिएका विकृति विसङगी बिरुद्ध पनि लड्ने छौं, यो हाम्रो एकताको सन्देश प्रवाह गरी कांग्रेस पार्टीलाई ठुलो पार्टी बनाउने अभियानमा लाग्ने छौं । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button