तरुण दलको महाधिवेसन पोखरामा सुरु: तीनै वटा निकायको चुनाव जित्नैपर्छ – सभापति देउवा

पोखरा –
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी हुने तीन वटै निकायको निर्वाचनमा कांग्रेसले जित्नै पर्ने बताएका छन ।

नेपाल तरुण दलको चौथो अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै सभापति देउवाले देशमा जारी संविधान कान्यवन गरी दिगो शान्ति कायम गरी आर्थिक विकास गर्न पनि अब हुन लागेको तीन वटै निकायको निर्वाचनमा कांग्रेसले जित्नै पर्ने बताएका हुन । उनले भने “ जनतालाई झुटा कुरा गरी भ्रम फैलाउने काम एमालेले गरेको छ, उनीहरु गाँउ गाँउमा पसिसके, सरकारमा गएपछि हामी काठमाण्डौं केन्द्रीत छौं, कुनैपनि हालतमा हामीले तीनैवटा निकायको चुनाव जित्नैपर्छ, यो नेपाली कांग्रेसको अन्तिम अवसर हो ।” सभापति देउवाले नेपाली कागेंसको अन्तिम अवसर भएकोले युवा शक्ति तरुण दल र नेवि संघ कांगेसलाई मुख्य दल बनाउने अभियानमा जिल्ला दौडाहमा लाग्न निर्देशन समेत दिए ।

tarun-dal-pokharaतरुण दलको नेतृत्व सर्वसम्मतिमा गर्न निर्देशन दिदै उनले सर्वसम्वत भएमा कांगेस पार्टीलाई चलायमान वनाउन सहज हुने समेत बताए । उनले भने“ सबैलाई समेटेर सन्तुलित ढंगले नयाँ कार्यसमिति चयन गर्नुहोस, तरुण दलमा महत्वपूर्ण भूमिका खेलेका युवाहरुलाई नेपाली कांग्रेसले उचित जिम्मेवारी दिनेछौं । ” पुर्व प्रधनमन्त्री समेत रहेका सभापति देउवाले अब देशमा आर्थिक क्रान्ति आवश्यक भएकोले संविधान कान्वयनको लागि पनि सवै दल एक हुनुको विकल्प नभएको बताए ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा अझै पनि संक्रमण काल भएकोले यसको पार गर्न मुख्य तीन दल एक हुनुपर्ने समय आएको बताए । उनले भने “ मुख्य ३ दल कांग्रेस, एमाले र माओवादी केन्द्रले असन्तुष्ट दलहरुलाई सन्तुष्ट पारी राष्ट्रिय एकता र अखण्डतालाई कायम हुनेगरी संविधान संसोधन गर्नुपर्दछ, असन्तुष्ट दलहरुलाई शान्त पारी चुनावको बाटो तर्फ लैजानु पर्छ । ” उनले मधेशवादी तथा संघीय गठबन्धनमा आबद्ध दलहरुलाई संविधान संसोधनका लागि लचिलो हुन आग्रह गरे । उनले भने “संविधान कार्यान्वयन हुँदा संघीय लोकतन्त्र कार्यान्वयन हुन्छ, कसैले कठोर नीति अप्नाएमा भने देशले निकास पाउदैन । ” उनले सभापति देउवाप्रति लक्षित गर्दै पार्टी एक्लै चलाउने प्रयास गरे सफल नहुने चेतावनी सहित पार्टी एकता अभियान सञ्चालन गर्न माग गरे । सभापतिले एकता अभियान सञ्चालन गरे आफू चुनौती मोलेर पनि सहयोग गर्ने उनले बताए ।

नेपाली कांग्रेसका महामन्त्री ससांक कोइरालाले देश र पार्टीमा युवा पुस्तालाई उचित स्थान दिएर देशविकासमा अग्रसर बनाउनुपर्ने बताए। कांग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधिले अहिंसा र शान्तिले मात्र देशले अग्रगति लिने बताए । उनले प्रदेश सिमांकन, नागरिकता, राष्ट्रिय सभा र भाषा आयोगको बारेमा संविधान संसोधन प्रस्तावको तयारी भइरहेको जानकारी दिए । उनले हिन्दी भाषा पहिल्यैदेखी नेपालको तराइ क्षेत्रमा सम्पर्क भाषाको रुपमा रहेको बताउँदै यसलाई विवादमा ल्याउनु उचित नहुने बताए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सबै दलको सहमतिमा संविधान संसोधन गरिनुपर्ने बताए । कांग्रेस कोषाध्यक्ष सितादेवी यादवले संविधान संसोधन पश्चात मात्र स्थानिय चुनाव हुनुपर्ने धारणा व्यक्त गरिन् । युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानको बिरुद्ध ल्याइएको महाअभियोगको पक्षमा उभिनको लागि कांगेसलाई खुट्टा नकमाउन आग्रह गरे ।

नेपाल तरुण दलका केन्द्रीय सभापति उदय शमसेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा रक्षामन्त्री वालकृष्ण खाँड, कांग्रेस नेता गोपालमान श्रेष्ठ, तरुण दलका पूर्व सभापतिहरु महेन्द्र यादव, महादेव गुरुङ, विनोद कायस्थ, कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेविसंघ सभापति नैनसिंह महर, महिला संघकी सभापति उमा अधिकारी रेग्मी, तरुण दल कास्कीका सभापति मनोज गुरुङ लगायतले देशको निकास र संविधान कान्वयनको लागि संविधान संसोधन गरेर निर्वाचनमा जान आग्रह गरे । यस अघि पोखराको सभागृह, न्युरोड हुदै र्याली चिप्लेढ्ुंगामा आएको थियो । तरुणदलको अधिवेसन पोखरामा हुने भए पनि उद्घाटनको अवसरमा चिप्लेढुंगा देखि सिद्धार्थचोक सम्मको सडकमा अबरोध गरीएको थियो भने विकल्पको वाटो प्रयोग गर्दा तथा अव्यबीस्थत पार्किङ गर्दा ट्राफिक जाम समेत भएको स्थानीयले गुनासो गरेका थिए । करीब ११ बर्ष पछि हुने लागेको महाधिवेसनमा आईतबार वन्द सत्र हुदै छ भने कात्तिक २९ गते निर्वाचन हुने भएको छ । देशै भरीबाट तरुण दलको अधिवेसनको लागि प्रतिनिधि, पर्यवेक्षक सहित गरी करीब २ हजार जना सहभागि भएको नेवि संघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button