तेस्रो पर्वतीय महोत्सव पोखरामा सुरु

पोखरा-

अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा नेपाल पर्वतारोहण संघको आयोजनामा शनिबार देखि पोखरामा तेस्रो पर्वतीय महोत्सवमा सुरु भएको छ ।

आईतबारसम्म संचालन हुने महोत्सवको उद्घाटन जनसङख्या तथा वातावरण मन्त्री जयदेव जोशीले गरेका थिए । कार्यक्रममा बोल्दै उनले यस्ता प्रकारको मेला र महोत्सवले पर्वतीय गतिविधिलाई बढवा गर्ने बताए । संस्कृतिक, पर्यटन तथा नागरीक उडड्यन कार्यालयका सचिव शंकरप्रसाद अधिकारी, श्रीलंकाकी राजदुत डब्लु एस पेरेला, कास्कीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनाली, पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापा लगाएतले वोलेका थिए।

महोत्सवमा ४० वटा स्टलहरु रहेको महोत्सव संयोजक कुशल गुरुङले बताए । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, पोखराको परिसरमा सञ्चालन भएको महोत्सवमा प्रवेश निःशुल्क रहेको छ । पर्वतीय पर्यावरण संरक्षण र पर्यटन संस्कृतिको प्रवद्र्धनका साथै हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिदै आएको संयोजक गुरुङले जनाए ।“पर्वतीय संस्कृतिः विविधतालाई स्विकार र परिचयलाई मजबुत” भन्ने नाराका साथ हुने महोत्सव सम्पन्न गर्न १३ लाख १३ हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।

पर्वतीय क्षेत्रका मानिसहरुको जिविकोपार्जनमा अभिवृद्धि गर्न ज्ञान, सीप र प्रविधिको आदान प्रदान तथा पर्वतीय उत्पादनलाई अभिप्रेरित गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिएको संघका सल्लाहकार डा. गणेश गुरुङले बताए । महोत्सवमा क्लाइम्बिङ वाल प्रतियोगिता, छेलो, धनुषबाँड, दोहोरीगीत, सांस्कृतिक नृत्य, पर्वतीय वृत्तचित्र प्रदर्शनी लगायत विभिन्न कार्यक्रम जारी रहेको छ । स्थानीय बासिन्दाको आय आर्जन बढाउन सहयोगी हुने प्रविधि, ज्ञानका विषयमा छलफल हुने महोत्सवमा स्थानीय संयोजन गरेको पर्वतीय संग्रहालयका प्रमुख बलबहादुर राईले बताए । संयुक्त राष्ट्र संघले हरेक वर्ष ११ डिसेम्बरलाई अन्तर्राष्ट्रिय पर्वतीय दिवसका रुपमा मनाउने गरे अनुरुप संघले तीन वर्ष अघिदेखि महोत्सव आयोजना गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button